११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा

च्यास्मिटारमा एक घण्टाको अन्तरमा दुई छिमेकीको घरमा आगजनी

च्यास्मिटारमा एक घण्टाको अन्तरमा दुई छिमेकीको घरमा आगजनी
अ अ+ अ-

खोटाङ। हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारस्थित दाल्फुमा करिब एक घण्टाको अन्तरमा दुई छिमेकीको घर र गोठमा आगजनी भएको छ ।

दाल्फुका स्थानीय दुर्गाप्रसाद राईको घर र बबरसिं राईको गोठमा गएराति अज्ञात व्यक्तिबाट आगजनी भएको हो । दुर्गाप्रसादको घरमा राति करिब १ः२० बजे र बबरसिंको गोठमा करिब २ः०० बजेको समयमा आगजनी भएको स्थानीयले बताएका छन् ।

अज्ञात व्यक्तिबाट भएको आगजनीमा दुर्गाप्रसादको एउटा गोठ पूर्ण रूपमा जलेर नष्ट भएको छ । घर र मतानमा भने आंशिक क्षति पुगेको प्रहरी चौकी च्यास्मिटारले जनाएको छ ।

दुर्गा प्रसादको घर र मतानको बीचमा रहेको भैँसी बाँधेको गोठबाट आगो सुरु भएको थियो । रातको समयमा लागेको आगो घर र मतानको छाना उधारेर ठूलो क्षति हुनबाट जोगाएका छन् । स्थानीयले सो आगो नियन्त्रणमा लिएको केही समयपछि करिब तीन मिनेट पर रहेको बबरसिंको गोठमा आगो सुरु भएको जनाइएको छ ।

दुवै घरमा भएको आगजनीबाट राँगा, भैँसी, गाईगोरु र खसीबाख्रालाई भने दाम्लो खोलेर जोगाइएको स्थानीयले बताएका छन् । आगजनीमा दुर्गाप्रसादको अन्दाजी रु तीन लाख र बबरसिंको अन्दाजी रु एक लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सुशान्त मिश्रले जानकारी दिनुभयो ।

कसैले योजनाबद्ध तरिकाले दुई घरमा आगजनी गरेको अनुमान गरिएको स्थानीय केसीराज राईले बताउनुभयो । आगजनीमा संलग्नको पहिचानका लागि इलाका प्रहरी कार्यालय हलेसीमा जाहेरी दिइएको पीडितहरूले बताएका छन् ।

च्यास्मिटारमा भएको आगजनीका घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गत वर्ष पनि बबरसिं र उहाँका छोरा रहरमान राईको घरमा रातको समयमा शृङ्खलाबद्ध तरिकाले आगलागी भएको थियो । रासस