३१ श्रावण २०८३, आईतवार
,
Latest
गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘ इन्डोनेसियामा ३४१ परकम्प; भूकम्पमा मृत्यु सङ्ख्या ५१ पुग्यो, हजारौँ विस्थापित खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु व्यावसायिक गतिविधि बढाउन निजी क्षेत्रको प्रोत्साहन आवश्यक: चन्द्रप्रसाद ढकाल जाजरकोट पहिरोः सेनाद्वारा ३०० जनाको उद्धार देउवाले तीन पटक म हिन्दू हुँ भनेपछि… नागदहमा नागपञ्चमी मेलाको तयारी पूरा भारतका स्थल सेनाध्यक्ष सेठ काठमाडौँमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्याम्सद्वारा स्वास्थ्यकर्मी र कर्मचारीलाई १२ बुँदे आचारसंहिता जारी



अ+ अ-

काठमाडौँ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले शिक्षक, चिकित्सक र स्वास्थ्यकर्मीसहित कर्मचारीका लागि १२ बुँदे आचारसंहिता जारी गरेको छ ।

न्याम्सका उपकुलपति प्राडा भूपेन्द्रकुमार बस्नेतले प्रतिष्ठानमा सुशासन कामय गराउने उद्देश्यले आज शिक्षक, चिकित्सक र स्वास्थ्यकर्मीसहित कर्मचारीका लागि १२ बुँदे आचारसंहिता जारी गरिएको जानकारी दिनुभयो । उहाँले सेवाग्राहीबाट व्यवस्थापनसमक्ष विगतमा विभिन्न गुनासो आएका बताउँदै सोबारे परिपत्र गरिएकामा अपेक्षित सुधार नभएपछि सेवा सुधारका लागि कर्मचारी आचारसंहिता जारी गरिएको उल्लेख गर्नुभयो ।

सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्कमा आउने स्वास्थ्यकर्मी तथा कर्मचारीले बिरामीसँग शिष्ट एवं मर्यादित व्यवहार गर्ने, कार्यालयको निर्धारित समयमा आफ्नो कार्यस्थलमा उपस्थित भई तोकिएको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने, कार्यालय समयभित्र खाजा÷खाना खानुपरेमा आलोपालो मिलाएर निर्धारित समयमा व्यवस्थापन गर्नुपर्नेलगायत आचारसंहिता रहेका प्रतिष्ठानले जनाएको छ ।

चिकित्सक तथा स्वास्थ्यकर्मीले कार्यालय समयमा अस्पताल बाहिर गएर निजी अस्पताल÷क्लिनिकमा बिरामी हेर्न नपाउने, अस्पताल बाहिर औषधि पसल÷ल्याब वा इमेजिङ सेन्टरलगायत खोल्न नपाउने, अस्पतालमा हुने परीक्षणहरू अस्पतालमा नै गर्ने÷गराउने व्यवस्था मिलाउने, बिरामीलाई अनावश्यक रूपमा अन्य अस्पतालमा रिफर नगर्नेलगायत विषय आचारसंहितामा उल्लेख गरिएको छ ।

त्यस्तै बहिरङ्ग विभाग (ओपिडी) मा बिरामी नसकी ओपिडी छोडेर बाहिर नजाने, बिरामीलाई विशेष वा कुनै खास कम्पनीको औषधि तथा औषधिजन्य सामग्री खरिद गर्न बाध्य नपार्ने र अस्पताल फार्मेसीबाट औषधि उपलब्ध गराउने आचारसंहितामा उल्लेख गरिएको छ । न्याम्सअन्तर्गत वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टर पर्दछन् ।रासस