१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कार्की र काठमाडौं महानगरपालिका मेयर बालेन बिच भेट



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) बिच भेट वार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा उहाँहरु बिच करिब पौने दुईघण्टा छलफल भएको स्रोतले जानकारी दिएको छ । बालेन छलफलका लागि ८: २५ मा बालुवाटार पुग्नु भएको थियो ।

जेन जी आन्दोलन र बर्तमान सरकार गठनमा निर्णायक भूमिका देखिएका मेयर साह र प्रधानमन्त्री कार्की बिच छलफल भएको हो । साह प्रधानमन्त्रीको सपथग्रहण समारोहमा समेत उपस्थित हुनु भएको थिएन ।

मेयर साह पछि प्रधानमन्त्री कार्कीले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीसंग छलफल गर्नुभएको छ ।