२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कार्की र काठमाडौं महानगरपालिका मेयर बालेन बिच भेट



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) बिच भेट वार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा उहाँहरु बिच करिब पौने दुईघण्टा छलफल भएको स्रोतले जानकारी दिएको छ । बालेन छलफलका लागि ८: २५ मा बालुवाटार पुग्नु भएको थियो ।

जेन जी आन्दोलन र बर्तमान सरकार गठनमा निर्णायक भूमिका देखिएका मेयर साह र प्रधानमन्त्री कार्की बिच छलफल भएको हो । साह प्रधानमन्त्रीको सपथग्रहण समारोहमा समेत उपस्थित हुनु भएको थिएन ।

मेयर साह पछि प्रधानमन्त्री कार्कीले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीसंग छलफल गर्नुभएको छ ।