१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन एमाले महासचिव पोखरेल पुगे News Polar भन्सारका नाममा सर्वसाधारणको निजी सम्पत्ति खोस्ने काम बन्द गर्नुपर्छ : प्रभु साह News Polar एमाले संसदीय दलको बैठक च्यासलमा सुरु News Polar काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना News Polar किसानका घरआँगनमा कृषिमन्त्री चौधरी News Polar जसपा नेपालका चार केन्द्रीय नेताले दिए सामूहिक राजीनामा News Polar मन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केकर ४०० केभी प्रसारणलाइनको निरीक्षण News Polar बुटवलबाट ‘एआरई जीपी’ ग्रान्ड फिनालेका लागि तीन राइडर छनोट News Polar प्रश्तावित राष्ट्रिय सडक सुरक्षा ऐन २०८३–अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने News Polar चिनियाँ राजदूत सात सदस्यीय टोलीसहित लोमान्थाङमा News Polar पञ्चेबाजा र झाँकीसहित कांग्रेस महाधिवेशनमा सहभागी हुन प्रतिनिधिको र्‍याली खुलामञ्च प्रवेश गर्दै News Polar कांग्रेस महाधिवेशन : अतिथिको स्वागतका लागि तयार पारिएको यस्तो छ खादा News Polar अर्थमन्त्री वाग्ले अमेरिका पुगे, सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंक अध्यक्षसँग भेटवार्ता हुने News Polar विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ News Polar सहमहामन्त्रीको उम्मेद्वारी घोषणा गर्दै प्रकाश रसाईलीले भने–‘गगन थापाको नेतृत्वमा काँग्रेस र देशलाई बलियो बनाउन लाग्नेछौँ’ News Polar यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन News Polar कांग्रेस महाधिवेशन : उद्घाटनअघि खुलामञ्चतर्फ बढ्दै प्रतिनिधि र समर्थक News Polar सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद News Polar १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि खगेन्द्र आचार्यको उम्मेदवारी News Polar सुनचाँदीको मूल्य घट्यो

नेपाललाई आइलाग्यो यस्तो समस्या, खाडीका १५ लाख नेपालीको रोजगारी जोखिममा

नेपाललाई आइलाग्यो यस्तो समस्या, खाडीका १५ लाख नेपालीको रोजगारी जोखिममा
फाईल फोटो
अ अ+ अ-


काठमाडौँ — संयुक्त अरब इमिरेट्स (यूएई) मा जान गत पुसमा १० हजार ७ सय १६ नेपालीले श्रम स्वीकृति लिए । त्यही भीडमा थिइन्, संखुवासभाकी स्नेहा लोप्चन । सरकारले निस्शुल्क भिसा, निस्शुल्क टिकट ‘लागू’ गरेको भए पनि उनले १ लाख ३० हजार रुपैयाँ खर्च गरिन् र पुस ३ गते यूएई उडिन् ।

दुबईस्थित एक क्लिनिङ कम्पनीमा काम पाएकी स्नेहा स्कुल सरसफाइमा जान्थिन् । काम सुरु गरेको एक महिना बित्दा चीनको वुहानमा कोभिड–१९ संक्रमणको पुष्टि भईवरी तीव्र गतिमा अन्य देशमा फैलिन थालिहाल्यो । संक्रमणको जोखिमले दुबईका स्कुल बन्द हुन थाले । स्नेहा माघ २६ देखि कामविहीन भइन् । चैत २४ गते उनलाई कम्पनीले ५ सय दिराम थमाइदियो । त्यो पैसा कामको पारिश्रमिक हो कि कम्पनीले संकटमा काम चलाउन दिएको हो, उनले मेसो पाएकी छैनन् । तर उनले त्यही पैसाले केही दिन छाक टार्न पुग्यो । यति बेला उनलाई विदेश आउँदा लागेको ऋण कसरी तिर्ने, घर खर्च कसरी पठाउनेभन्दा पनि दुई छाक कसरी पुर्याउने भन्ने चिन्ताले पिरोलेको छ ।
कम्पनीले दिएको घरमा उनी अन्य १ सय २० नेपाली महिलासँगै बसेकी स्नेहाले भनिन्, ‘अर्को महिनादेखि तलब आउँदैन भन्ने मौखिक जानकारी आएको छ ।’यतिबेला उनीसहितका नेपाली गैरआवासीय नेपाली संघले दिएको राहतबाट केही दिनको गर्जो टारिरहेका छन् । ‘काम कहिले सुरु हुन्छ भन्ने पनि थाहा छैन । कम्पनीले राहत दिन्छ कि दिँदैन भन्ने पनि थाहा छैन,’ उनले भनिन् ।

सन्निकट दिनको संकट र के गर्ने भन्ने छटपटी र अलमल पर्नेमा स्नेहा एक्ली कामदार होइनन् । शुक्रबारसम्म यूएईमा मात्रै ५ हजार ८ सय २५ लाई कोभिड–१९ संक्रमणको पुष्टि भइसकेको छ जसमा १२ नेपाली पनि छन् । संक्रमणकै कारण एक नेपालीले ज्यान गुमाएका छन् । यी सबै खबरबारे जानकार स्नेहालाई १४ जना एउटै कोठामा गुम्सिएर बस्दाको छटपटी र हरेक दिन खाना खर्च कसरी जुटाउने भन्ने चिन्ताले सताइरहेको छ । नेपालको दोस्रो ठूलो श्रम गन्तव्य यूएईमा २ लाख ५० हजार नेपाली कामदार कार्यरत छन् । जुन वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको २६.५ प्रतिशत हो ।

कोभिड–१९ संक्रमणको असर खाडीको श्रम बजारमा कस्तो पर्छ भन्नेबारे गत मंगलबार अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले प्रतिवेदन सार्वजनिक गरेको छ । जसमा खाडीमा ५० लाख कामदारको पूर्ण रोजगारी गुम्ने आकलन गरिएको छ । रिपोर्टमा भनिएको छ, ‘सन् २००८/९ मा देखिएको विश्वव्यापी आर्थिक मन्दीभन्दा बढी असर कोभिड–१९ संक्रमणबाट पर्ने देखिन्छ । संक्रमण नियन्त्रण गर्न चालिएको कदमबाट सबैभन्दा बढी खाना सेवा गर्ने रेस्टुरेन्ट, होटल, उत्पादन, रिटेलसँग सम्बन्धित व्यापार र प्रशासनिक गतिविधि जोखिममा पर्नेछन् ।’

आईएलओले भनेजस्तै खाडीको मुख्य श्रम बजार मानिएको यूएईमा संक्रमणको असर देखिन थालिसकेको छ । यूएईको मानव संसाधन मन्त्रालयले निजी क्षेत्रका कम्पनी र कामदारका लागि हालै मात्र नयाँ नीति जारी गरेको छ । जसमा ३० प्रतिशतभन्दा बढीलाई कार्यालयमा काम लगाउन नपाइने, कामदारलाई तलबमा राख्न वा बेतलबी बिदामा राख्न पाइने र आर्थिक अवस्था हेरी स्थायी रूपमा लागू हुने गरी तलब कटौती गर्न पाइने उल्लेख छ । खर्च कटौतीको उपाय भन्दै कम्पनीहरूले पछिल्लो सरकारी नीति कार्यान्वयन गर्न थालिसकेका छन् । जसको प्रत्यक्ष असर त्यहाँ रहेका २ लाखभन्दा धेरै कामदारमा पर्न थालिसकेको छ । कान्तिपुरसँग सम्पर्कमा आएका केही कामदारले निर्माण क्षेत्रको क्याम्पमा काम जारी भए पनि संक्रमणको जोखिम रहेको र सरसफाइ र कारखानाका काम क्रमशस् बन्द हुँदै गएको बताए । कान्तिपुर दैनिकमा समाचार छ ।