१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन एमाले महासचिव पोखरेल पुगे News Polar भन्सारका नाममा सर्वसाधारणको निजी सम्पत्ति खोस्ने काम बन्द गर्नुपर्छ : प्रभु साह News Polar एमाले संसदीय दलको बैठक च्यासलमा सुरु News Polar काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना News Polar किसानका घरआँगनमा कृषिमन्त्री चौधरी News Polar जसपा नेपालका चार केन्द्रीय नेताले दिए सामूहिक राजीनामा News Polar मन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केकर ४०० केभी प्रसारणलाइनको निरीक्षण News Polar बुटवलबाट ‘एआरई जीपी’ ग्रान्ड फिनालेका लागि तीन राइडर छनोट News Polar प्रश्तावित राष्ट्रिय सडक सुरक्षा ऐन २०८३–अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने News Polar चिनियाँ राजदूत सात सदस्यीय टोलीसहित लोमान्थाङमा News Polar पञ्चेबाजा र झाँकीसहित कांग्रेस महाधिवेशनमा सहभागी हुन प्रतिनिधिको र्‍याली खुलामञ्च प्रवेश गर्दै News Polar कांग्रेस महाधिवेशन : अतिथिको स्वागतका लागि तयार पारिएको यस्तो छ खादा News Polar अर्थमन्त्री वाग्ले अमेरिका पुगे, सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंक अध्यक्षसँग भेटवार्ता हुने News Polar विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ News Polar सहमहामन्त्रीको उम्मेद्वारी घोषणा गर्दै प्रकाश रसाईलीले भने–‘गगन थापाको नेतृत्वमा काँग्रेस र देशलाई बलियो बनाउन लाग्नेछौँ’ News Polar यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन News Polar कांग्रेस महाधिवेशन : उद्घाटनअघि खुलामञ्चतर्फ बढ्दै प्रतिनिधि र समर्थक News Polar सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद News Polar १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि खगेन्द्र आचार्यको उम्मेदवारी News Polar सुनचाँदीको मूल्य घट्यो

खाद्यान्न अभावः वडाको सिफारिसमा मात्र चामल

खाद्यान्न अभावः वडाको सिफारिसमा मात्र चामल
अ अ+ अ-

हेमन्त केसी, जाजरकोट । खाद्यान्न ढुवानीको जिम्मा लिएको सप्लायर्सले ढुवानी नगर्दा बारेकोट गाउँपालिकामा खाद्य अभाव भएको छ ।

खाद्य ढुवानीको जिम्मा लिएका एनबी विल्डर्स सप्लार्सका मानबहादुर खड्काले जिल्ला प्रशासन कार्यालय जाजरकोटमा माघ २१ गते दुई हजार ४०० क्विन्टल चामल बोक्ने भनी लिखित कागज गरे पनि सहमतिअनुसार काम नगर्दा खाद्यान्न अभाव भएको हो ।

लकडाउनका कारण निजी क्षेत्रबाट चामल ढुवानी कार्य रोकिएसँगै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको घाट डिपोमा चामल लिनका लागि दैनिक भीड हुने गरेको हो । स्थानीयवासीले चामल नपाउँदा रित्तो हात फर्कनुपरेको भन्दै आक्रोश व्यक्त गरेका छन् । सप्लायर्सले चैत मसान्तसम्म दुई हजार ४०० क्विन्टल चामल ढुवानी गर्नुपर्नेमा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीको रोहवरमा गरे पनि सो सहमति लत्याएपछि समस्या भएको हो । अहिलेसम्म सप्लायर्सले एक हजार ७१ क्विन्टल चामल मात्र ढुवानी गरेको लिमिटेडका प्रमुख धर्मबहादुर बस्नेतले जानकारी दिनुभयो ।

बारेकोट गाउँपालिका–५ घाटस्थित लिमिटेडको डिपोमा दुई हजार ५०० क्विन्टल चामल स्वीकृत कोटा भए पनि ठेकेदारले ढुवानी नगर्दा समस्या भएको हो । व्यापार कम्पनी लिमिटेडले जिल्ला कार्यालयले आफैँ ३५० क्विन्टल चामल ढुवानी गरेको प्रमुख बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो, “ठेकेदारले चामल बोकेनन्, मन्त्रीज्यूले छिटो चामल पठाउन आग्रह गर्नुभयो, त्यसैले हामीले आफैँ ढुवानी गरेर चामल पठाएका छौँ ।”

कार्यालय र ठेकेदारले गरी स्वीकृत कोटाबाटै अहिलेसम्म एक हजार ४१६ क्विन्टल चामल मात्र ढुवानी गरेका छन् । विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि खाद्यान्न ढुवानीमा भएको ढिलाइका बारेमा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले चासो लिएको कार्यालय प्रमुख बस्नेतले जानकारी दिनुभयो । उहाँले थप्नुभयो, “जसरी हुन्छ छिटो चामल ढुवानी गर्न निर्देशन आएको छ र तोकिएको कोटाभन्दा थप कोटा चामल पठाउने काम गर्नु भनेरसमेत निर्देशन आएको छ ।”

यता बारेकोट गाउँपालिकाले व्यापार कम्पनी लिमिटेडबाट चामल लिनका लागि वडा कार्यालयको सिफारिस अनिवार्य बनाएको छ । चामल लिन आउने स्थानीयवासीले भीडभाड गरेका कारण वडाको सिफारिसका आधारमा मात्र खाद्यान्न उपलब्ध गराउने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले जानकारी दिनुभयो ।

अहिले भएको कोटामा थप एक हजार क्विन्टल चामल थप गरी ढुवानीको कामसमेत गर्न लागिएको उहाँको भनाइ छ । वडा नं १ मा आइतबार, वडा २ र ३ मा सोमबार, वडा नं ४ मा मङ्गलबार, ४ र ६ मा बुधबार र वडा ७ र ८ मा बिहीबार र वडा ९ मा शुक्रबार खाद्यान्न उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ ।

चामल लिनका लागि सम्बन्धित वडा कार्यालयमा गएर सिफारिस लिइ कम्पनीको डिपोमा जानुपर्ने छ । टाठाबाठाले मात्र बढी चामल लिने र गरिबको हातमा चामल नपर्ने भएकाले यो कार्य गरिएको गाउँपालिकाले स्पष्ट पारेको छ । त्यस्तै नलगाड नगरपालिकाको दल्लीमा समेत चामल पठाउन लागिएको छ । दुई दिनभित्र चामल ढुवानीको कार्य सुरु हुने कम्पनीले जनाएको छ । त्यस्तै जुनिचाँदे गाउँपालिकाको ताँगा बिक्री केन्द्रमा ३४० क्विन्टल चामल पठाउन लागिएको प्रमुख बस्नेतले बताउनुभयो ।

आफ्नै उत्पादनले छ महिनासम्म खाना नपुग्ने यहाँका स्थानीयवासी अहिले समस्यमा परेका छन् । दैनिक ज्यालादारी गरी सोही रकमबाट खाद्यान्नको जोहो गरी छाक टार्ने सबैभन्दा बढी मारमा परेका छन् । निजी क्षेत्रबाट खाद्यान्न ढुवानीको काम ठप्प हुँदा गाउँगाउँमा खाद्यान्न सङ्कट परेको हो । नयाँ बाली गहुँ पाकेको छैन, पुरानो बाली सकिएपछि सर्वसाधारण समस्यामा परेका छन् । कम्पनीका डिपोहरु जनताको पहुँचमा नहुँदा सर्वसाधारण आफूले चाहेको ठाउँबाट खरिद गर्न नपाएको बताएका छन् । ढुवानीका लागि यातायात सेवा बन्द हुनु अर्को समस्या हो ।