४ असार २०८३, बिहीबार
,
Latest
संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न—औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा विचारको बहसलाई बन्ध्याकरण गर्ने होईन, प्रोत्साहन गर्नुपर्छ: उपाध्यक्ष पौडेल प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित देशभरका संस्थाको विवरण अद्यावधिक गर्न निर्देशन अर्थतन्त्रको औपचारिकीकरण र संरचनात्मक सुधारमा सरकारको जोडः अर्थमन्त्री डा. वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोल्छा ग्रुपद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई बिस थान मोटरसाइकल प्रदान



अ+ अ-

काठमाडौँ। गोल्छा ग्रुपले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई २० थान मोटरसाइकल हस्तान्तरण गरेको छ ।

वर्तमान परिस्थितिमा स्रोत साधनको अभावले ट्राफिक व्यवस्थापन तथा सुरक्षित आवागमनमा परिरहेको असरलाई मध्यनजर गर्दै गोल्छा ग्रुपले आज काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच २० थान (पल्सर १५० सिसी) मोटरसाइकल प्रदान गरेको ट्राफिक प्रहरी प्रमुख एवं वरिष्ठ प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “गोल्छा ग्रुपले मोटरसाइकलहरू काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीमार्फत हामीलाई हस्तान्तरण गरिएको छ ।”

मोटरसाइकल हस्तान्तरण कार्यक्रममा गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छा र सो संस्थाका पदाधिकारीहरू साथै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सिनियर प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो ।रासस