१३ असार २०८३, शनिबार
,
Latest
सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु नेपाली सेनाद्वारा बागमती ड्याममा मनसुनजन्य विपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार कार्यान्वयनमा अझै चुनौतीः सरोकारवाला ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम भूकम्प प्रभावित भेनेजुएलाको उद्धारका लागि स्पेनद्वारा ५४ सदस्यीय आपत्कालीन टोली परिचालन झल्किँदो धरहरा, रमाउँदै पर्यटक-फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य म्यानमारद्वारा ६० करोड अमेरिकी डलरभन्दा बढी मूल्यको लागुऔषध नष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

गर्भवती महिलाको हवाई उद्धार



file photo
अ+ अ-

मुगु। सुत्केरी हुन नसकी प्रश्रव पीडामा रहेकी मुगुका एक महिलालाई हेलिकोप्टरबाट उद्धार गरिएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङको पहलमा हेपाटाइटिस बी पोजेटिभ देखिएकी सोरु गाउँपालिका–१ की ममता लावडलाई मुगु जिल्ला अस्पतालमा शल्यक्रिया हुन नसकेपछि शुक्रबार उपचारका लागि सुर्खेतस्थित कर्णाली प्रादेशिक अस्पताल ल्याइएको मन्त्रीका प्रेस संयोजक सन्तोष खड्काले जानकारी दिए ।

जिल्ला अस्पतालमा उपचार हुन नसक्ने जानकारी मुगुका प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले गराएलगत्तै मन्त्री गुरुङको निर्देशनमा तत्काल ती गर्भवतीको निःशुल्क हवाई उद्धार गरिएको हो । सुत्केरी हुन दिइएको समय १४ दिन कटेको र उनको रगतमा हेपाटाइटिस बी पोजेटिभ देखिएकाले उपचारका लागि प्रादेशिक अस्पताल पठाउनुपरेको हो ।

लकडाउनले मुलुक ठप्प भइरहेका बेला पनि मन्त्री गुरुङको निर्देशनमा यसअघि खोटाङ र सोलुखुम्बुका एक–एक जना गर्भवतीको हेलिकोप्टरबाट काठमाडौँमा हवाई उद्धार गरी उपचारको व्यवस्था गरिएको थियो भने डोल्पा र मुगुका पनि एक–एक गर्भवतीको हवाई उद्धार गरी प्रादेशिक अस्पताल सुर्खेतमा उपचारको व्यवस्था मिलाइएको थियो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गतको राष्ट्रपति महिला उत्थान कार्यक्रमले दुर्गमका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको उद्धार गर्दै आएको छ । यो कार्यक्रमअन्तर्गत हालसम्म ९६ गर्भवती तथा सुत्करी महिलाको निःशुल्क हवाई उद्धार गरिसकिएको छ ।

यसैबीच मन्त्री गुरुङले ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीलाई निःशुल्क हवाई उद्धारको व्यवस्था हुने भएकाले त्यस्तो कुनै पनि समस्या भएमा तत्काल स्थानीय जनप्रतिनिधि, स्वास्थ्य संस्था वा स्थानीय प्रशासनसँग सम्पर्क गर्न सबैलाई आग्रह गरेका छन ।