२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

तुइनखोला पुल नजिकै ठुलो पहाड खस्यो, सडक अनिश्चितकालका लागि बन्द



अ+ अ-

काठमाडौँ । मुग्लिन–नारायणगढ सडक खण्ड अनिश्चितकालका लागि बन्द भएको छ । मुग्लिन–नारायणगढ सडक अन्तर्गत तुइन खोला पुल नजिकै ठुलो पहाड खसेपछि सडक अवरुद्ध भएको हो ।

सडक विभागका झन्डै आधा दर्जन डोजरले यसअघि झरेको पहिरोको थुप्रो पन्छाइरहेका बेला पहाडै खसेर सडक अवरुद्ध बन्न पुगेको हो । यसअघिभन्दा विशाल पहिरो खसेपछि नारायणगढ(मुग्लिन सडक अनिश्चितकाललाई बन्द भएको स्थलगत रिपोर्टिङमा रहेका पत्रकार विनोद श्रेष्ठले बताए ।

एक सातादेखि उक्त स्थानमा लगातार पहिरो झरिरहेको थियो । तर सडक विभागले निरन्तर पन्छाएर घरी एकतर्फी, घरी दुईतर्फी यातायात खुलाएको थियो ।

उक्त पहिरो तत्काल पन्छाउन असम्भव भएपछि अनिश्चितकाललाई यातायात बन्द भएको हो । सडक अवरुद्ध भएपछि अहिले दशैँमा घर हिँडेका हजारौँ यात्रुहरू अलपत्र परेका छन् ।

सडक डिभिजन कार्यालयले सडक बन्द भएकाले वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ ।