५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar प्रधानमन्त्री शाहसँग कांग्रेसका नेताहरूको भेट, के भयो कुरा ? News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै

जेनजी आन्दोलनमा रास्वपाको सहभागिता थियोः प्रवक्ता झा

जेनजी आन्दोलनमा रास्वपाको सहभागिता थियोः प्रवक्ता झा
अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले जेन—जी आन्दोलनमा पार्टीको सहभागीता रहेको बताउनुभएको छ ।

पार्टी केन्द्रिय कार्यलयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले पार्टी सदस्यहरु आन्दोलनमा सहभागी भएको बताउनुभएको हो ।

पार्टीको झण्डा नबोकी सदस्यहरुलाई आन्दोलनमा सहभागी हुन आह्वान गरिएको उहाँको भनाई छ । उहाँले पूर्वकेन्द्रिय सदस्य सुमना श्रेष्ठ, पार्टी केन्द्रिय सदस्यहरु गणेश कार्की, कान्तिशिखा लगायतका केन्द्रिय सदस्यहरुको आन्दोलनमा सक्रिय भुमिका रहेको बताउनु भयो । तुलनात्मक रुपमा जेन—जी आन्दोलनमा सबैभन्दी बढी रास्वपाका कार्यकर्ताहरु सहभागी भएको उहाँको दाबी छ ।

उहाँले भन्नुभयो, ‘हाम्रो पार्टीमा जेन जी अहिले पनि हुनुहुन्छ । हाम्रो प्रतिनिधि सभाको सचेतक नै जेन जी पुस्ताबाट हुनुहुन्छ । उहाँहरु पनि जानुभएको थियो । केन्द्रिय सदस्य त्यो बेलामा हुनुहुन्थ्यो सुमनाजी पनि जानुभएको थियो । गणेश कार्की, कान्तिशिखा लगायतका केन्द्रिय सदस्यहरु, सम्भवतः अरु पार्टीको तुलनामा संख्यागत र प्रतिशतगत रुपमा हामी सबैभन्दा बढी उपस्थित थियौँ, त्यहाँ । तर हामीले कुनै पनि ठाउँमा राष्ट्रिय स्वतन्त्र पार्टीको आन्दोलन हो, अगुवाई हो भनेर दाबी गरेका थिएनौँ ।’

उहाँले भदौ २३ गतेको आन्दोलनमा पार्टीको सहभागीता रहेपनि २४ गतेको घटनामा भने सहभागिता नरहेको दाबी गर्नुभयो । २४ गतेको घटनामा सहभागिताका लागी पार्टीले कुनै आवह्वान नगरेको उहाँको भनाई छ । आगजानी, लुटपाट पार्टीको सिद्धान्त नभएको उहाँले बताउनु भयो । उहाँले उक्त घटनाको छानविन गर्नुपर्नेमा जोड दिनुभयो ।