२५ जेष्ठ २०८३, सोमबार
,
Latest
नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेनजी आन्दोलनको क्रममा प्रहरी हत्या आरोपमा एक युवक पक्राउ



अ+ अ-

काठमाडौँ । जेनजी आन्दोलनको प्रदर्शनका क्रममा प्रहरी हत्या गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रे घर भएका युवराज क्याप्छाकी रहेको जिल्ला प्रहरी परिसर काठमाडौँ स्रोतले जनाएको छ । उनले आन्दोलनको दिन महाराजगञ्ज वृत्तका प्रहरीलाई कुटपिट गरिरहेको भिडियो सार्वजनिक भएको थियो ।

उक्त भिडियोको आधारमा प्रहरीले क्याप्छाकीलाई पक्राउ गरेको हो । उनलाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाइने भएको प्रहरीले जनाएको छ ।

जेनजीको २४ भदौको आन्दोलनको क्रममा महाराजगञ्ज वृत्तका असई मिलन राय र जवान उत्तम थापाको हत्या गरिएको थियो ।

सिन्धुली घर भएका राय र दार्चुला घर भएका थापा आन्दोलनकारीको आक्रमणमा परेका थिए । जवान थापालाई ‘तँ डीएसपी’ भन्दै भीडले कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै, आन्दोलनकै क्रममा प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत कास्की घर भएका सहायक हवल्दार अमृत गुरुङको पनि ज्यान गएको थियो ।

प्रहरीले यसलाई अत्यन्त गम्भीर अपराधको रूपमा लिएर अनुसन्धान तीव्र पारिएको जनाएको छ ।