१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन एमाले महासचिव पोखरेल पुगे News Polar भन्सारका नाममा सर्वसाधारणको निजी सम्पत्ति खोस्ने काम बन्द गर्नुपर्छ : प्रभु साह News Polar एमाले संसदीय दलको बैठक च्यासलमा सुरु News Polar काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना News Polar किसानका घरआँगनमा कृषिमन्त्री चौधरी News Polar जसपा नेपालका चार केन्द्रीय नेताले दिए सामूहिक राजीनामा News Polar मन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केकर ४०० केभी प्रसारणलाइनको निरीक्षण News Polar बुटवलबाट ‘एआरई जीपी’ ग्रान्ड फिनालेका लागि तीन राइडर छनोट News Polar प्रश्तावित राष्ट्रिय सडक सुरक्षा ऐन २०८३–अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने News Polar चिनियाँ राजदूत सात सदस्यीय टोलीसहित लोमान्थाङमा News Polar पञ्चेबाजा र झाँकीसहित कांग्रेस महाधिवेशनमा सहभागी हुन प्रतिनिधिको र्‍याली खुलामञ्च प्रवेश गर्दै News Polar कांग्रेस महाधिवेशन : अतिथिको स्वागतका लागि तयार पारिएको यस्तो छ खादा News Polar अर्थमन्त्री वाग्ले अमेरिका पुगे, सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंक अध्यक्षसँग भेटवार्ता हुने News Polar विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ News Polar सहमहामन्त्रीको उम्मेद्वारी घोषणा गर्दै प्रकाश रसाईलीले भने–‘गगन थापाको नेतृत्वमा काँग्रेस र देशलाई बलियो बनाउन लाग्नेछौँ’ News Polar यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन News Polar कांग्रेस महाधिवेशन : उद्घाटनअघि खुलामञ्चतर्फ बढ्दै प्रतिनिधि र समर्थक News Polar सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद News Polar १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि खगेन्द्र आचार्यको उम्मेदवारी News Polar सुनचाँदीको मूल्य घट्यो

भारतमा हजारौँ नेपालीको बिचल्ली, सम्पर्कमै आउँदैनन् राजदूत

भारतमा हजारौँ नेपालीको बिचल्ली, सम्पर्कमै आउँदैनन् राजदूत
अ अ+ अ-

काठमाडौं । भारतमा नोपलीहरु ठूलो बिचल्लीमा परेका छन् । उनीहरु सडकमै बास बसेको धेरै दिन भयो । खाने कुरा छैन, सुत्ने ठाउँ छैन । भेडाबाख्राजस्तो पालमुनी नयाँ दिल्लीका गल्लीमा उनीहरु छन् । कतै बाहिर जान दिइएको छैन । प्रहरीले उनीहरुको मात्र चियो गर्छ । नेपालीहरुलाई कसैले केही दिए खाएका छन् नत्र कैयौँ दिनदेखि भोकभोकै परेका छन् । भारतमा पनि देशव्यापी लकडाउन जारी रहँदा त्यहाँ रहेका नेपालीहरुको अवस्था नाजुक बन्दै गएको भारतमा रहेका नेपाली समुदायले बताएका छन् ।

त्यस्तै नेपालका मिडियाले पनि यो समाचार दिएका दियै छन् । उता नेपालको सिमापारि पनि त्यस्तै अवस्था छ नेपालीहरुको । बरु नेपालमा रहेका भारतीयहरु सुरक्षित र स्वास्थ रुपमा बस्न पाएका छने सीमा क्षेत्रका क्वारेन्टाइनमा । तर भारतमा भने ठूलो संख्यामा नेपाली कामदारले रोजगारी गुमाएका मात्र होइन कि कयौं भोकभोकै सडकै बास बस्न बाध्य भएका छन् ।

भारत सरकारले पनि गत २४ मार्चदेखि देशव्यापी लकडाउन गरेको छ । कोरोनाको महामारी फैलिन थालेपछि त्यसयता धेरै उद्योगधन्दा–कलकारखाना बन्द भए । त्यहाँ नेपालीहरुको सबैभन्दा ठूलो रोजगार क्षेत्रका रुपमा रहेको होटल–व्यवसाय ठप्पजस्तै छ । लकडाउन कहिलेसम्म जारी रहने भन्ने टुंगो नभएकाले प्रायः होटल–रेस्टुरेन्टले नेपालीहरुलाई धमाधम कामबाट निकालिरहेका छन् । ननिकालेकाहरुले पनि तनखा दिएका छैनन् ।

एक अनुमानअनुसार भारतका विभिन्न स्थानमा १५ लाख नेपालीहरु रहेको अनुमान छ । उनीहरुमध्ये ३० प्रतिशत सुदुरपश्चिमका छन् । यसैगरि ५० हजार जति नेपाली विद्यार्थीहरु भारतमा अध्ययनरत छन् । भारतमा राम्रो जागिर वा व्यवसाय गरिरहेका नेपालीहरुको सानो हिस्सा पनि छ । अहिले लकडाउनले सबैभन्दा पिडित बनेका चाहिँ कामदार वर्ग नै हो । उनीहरु बेहालको अवस्थामा रहेको केही अगूवा नेपालीहरुको कुराकानीबाट बुझ्न सकिन्छ । भारतमा यस संक्रमण भने महामारीको रुप लिने अवस्था देखिँदैछ । संक्रमण बढ्दो छ । त्यहाँ शुक्रबारसम्म १४ हजार संक्रमित भेटिएका छन् भने ४५२ जनाको मृत्यु भएको छ ।

तर यस्तो अवस्थामा पनि भारतमा रहेको नेपाली दूताबास भने सम्पर्कमै छैन । राजदूत निलाम्बर आचार्यले फोन अफ गरेर बसेको नेपालीहरुको गुनासो छ । उनले नेपालको परराष्ट मन्त्रालय तथा सरकारका मन्त्रीले गरेको फोन मात्र उठाउने गरेका छन् । तर त्यहाँ रहेका नेपालीले उनलाई ल्याण्डलाइनमा फोन गरेर सम्पर्क गर्न खोज्दा हुनुहुन्न भन्न लगाउने गरेका छन् । दूताबासमा पुगेरै नेपालीले भेट्न पाउँदैनन् । भारतमा लकडाउनलाई कफर््यूजस्तै बनाइएकोले कसैलाई बाहिर निस्किन पनि बडो कठिन छ ।

यस्तो अवस्थामा राजदूतले फोन नै रिसिभ नगर्ने गरेकाले त्यहाँ रहेका ठूलो संख्याका नेपालीहरु भने निकै चिढिएका छन् । यस्तो बेलामा नेपालीको बारेमा अवस्था नेपाललाई जानकारी गराउनुपर्नेमा दूताबासका अरु कर्मचारी पनि सम्पर्कमै नरहने गरेको गुनासो नेपालीको छ । कुनै बेला फोन उठीहाल्यो भने पनि तपाईँहरु जो जहाँ हुनुहुन्छ त्यहीँ बस्नुस, हामीलाई यही आदेश छ भनेर फोन राखिदिने गरेको नेपाली समाजका अगुवाहरु नै बताउँछन् ।