काठमाडौँ । नागढुंगा–मुग्लिन सडक दुई तर्फी सञ्चालनमा आएको छ ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जवाङखोला (बाँदरे मोड)मा खसेको सुक्खा पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको हो ।
मंगलबार बिहान करिब पौने ६ बजेको समयमा खसेको सुक्खा पहिरोका कारण नागढुंगा–मुग्लिन सडक अवरुद्ध हुँदा सवारीसाधनको लामो जाम लागेको थियो । जामका कारण यात्रुहरू अलपत्र परेका थिए ।
झन्डै १० घण्टा समय लगाएर पहिरो पन्छाइएको हो ।










