काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसलाइ जितेर भएर घर फर्केकी प्रसिद्धि श्रेष्ठको आरोग्यताको कामना गर्नु भएको छ । शनिबार प्रसिद्धि टेकुस्थित शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज भए लगत्तै प्रधानमन्त्रीले ट्वीट मार्फत प्रसिद्धिको आरोग्यताको कामना गर्नु भएको हो ।
प्रधानमन्त्री ओलीले प्रसिद्धिको उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मीहरू तथा संबद्ध सबैलाई बधाई तथा धन्यवाद पनि दिनु भएको छ ।
ओलीले ‘कोरोना भाइरसबाट संक्रमित दोस्रो विरामी आज पूर्ण स्वस्थ भई अस्पतालबाट डिस्चार्ज हुनुभएको छ। उहाँको आरोग्यताको कामना सहित उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मीहरू तथा संबद्ध सबैलाई बधाई तथा धन्यवाद ।’ ज्ञापन गरेका हुन् । प्रसिद्धि २७ दिनपछि डिस्चार्ज भएर आजै घर फर्किएकी छिन ।