१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन एमाले महासचिव पोखरेल पुगे News Polar भन्सारका नाममा सर्वसाधारणको निजी सम्पत्ति खोस्ने काम बन्द गर्नुपर्छ : प्रभु साह News Polar एमाले संसदीय दलको बैठक च्यासलमा सुरु News Polar काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना News Polar किसानका घरआँगनमा कृषिमन्त्री चौधरी News Polar जसपा नेपालका चार केन्द्रीय नेताले दिए सामूहिक राजीनामा News Polar मन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केकर ४०० केभी प्रसारणलाइनको निरीक्षण News Polar बुटवलबाट ‘एआरई जीपी’ ग्रान्ड फिनालेका लागि तीन राइडर छनोट News Polar प्रश्तावित राष्ट्रिय सडक सुरक्षा ऐन २०८३–अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने News Polar चिनियाँ राजदूत सात सदस्यीय टोलीसहित लोमान्थाङमा News Polar पञ्चेबाजा र झाँकीसहित कांग्रेस महाधिवेशनमा सहभागी हुन प्रतिनिधिको र्‍याली खुलामञ्च प्रवेश गर्दै News Polar कांग्रेस महाधिवेशन : अतिथिको स्वागतका लागि तयार पारिएको यस्तो छ खादा News Polar अर्थमन्त्री वाग्ले अमेरिका पुगे, सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंक अध्यक्षसँग भेटवार्ता हुने News Polar विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ News Polar सहमहामन्त्रीको उम्मेद्वारी घोषणा गर्दै प्रकाश रसाईलीले भने–‘गगन थापाको नेतृत्वमा काँग्रेस र देशलाई बलियो बनाउन लाग्नेछौँ’ News Polar यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन News Polar कांग्रेस महाधिवेशन : उद्घाटनअघि खुलामञ्चतर्फ बढ्दै प्रतिनिधि र समर्थक News Polar सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद News Polar १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि खगेन्द्र आचार्यको उम्मेदवारी News Polar सुनचाँदीको मूल्य घट्यो

हिडेर घर जान लागेका नागरिकलाई त्रिभुवन पार्कमा यसरी राखियो (फोटो फिचर)

हिडेर घर जान लागेका नागरिकलाई त्रिभुवन पार्कमा यसरी राखियो (फोटो फिचर)
अ अ+ अ-

काठमाडौं । थानकोट नाका हुँदै घर जान लागेका नागरिकहरुलाई चन्द्रागिरी नगरपालिकाले क्याम्प बनाएर राखेको छ ।

लक डाउनका कारण हिडेर आफ्नो घर जान लागेका नागरिकहरुलाई चन्द्रगिरी नगरपालिकाले थानकोटमा क्याम्प बनाएर राखेको हो । लक डाउनका कारण बाटोमा अलपत्र परेका श्रमिक, मजदुरहरुलाई नगरपालिकाले क्याम्प बनाएर राखेको हो ।

विभिन्न जिल्लामा मजदुरी गर्दै आएका तर लक डाउनका कारण उपत्यका हुँदै हिडेर घर जान लागेका उनीहरुलाई खाने र बस्ने व्यवस्थासहित क्याम्पमा राखिएको छ । कुनै पनि नागरिकले कष्ट झेल्न नपरोस भनेर खाने, बस्ने व्यवस्थासहित स्वास्थ्य जाँच गरी क्याम्पमा राखिएको सांसद अञ्जना विशंखेले बताउनुभयो । थानकोटमा रहेको त्रिभुवन पार्कमा निर्माण गरिएको क्याम्पमा अहिले ३ सय जना रहेको उहाँले बताउनुभयो ।

त्रिभुवन पार्क बस्तीभन्दा टाढा छ । पिकनिक स्पट भएकाले लक डाउनको समयमा अन्य कुनै पनि व्यक्तिको सम्पर्कमा उनीहरु पुग्न नसक्ने उहाँले बताउनुभयो । विभिन्न १५ वटा स्टल बनाएर उनीहरुको खाने बस्ने व्यवस्थापन गरिएको छ । नेपाली सेनाले डिसइन्फेक्सनको काम गरिरहेको छ । स्वास्थ्य जाँच कक्ष निर्माण गरी उनीहरुको स्वास्थ्य पनि जाँच भइरहेको छ ।

तराईका विभिन्न जिल्ला जाँदै गरेका श्रमिकहरुले क्याम्पका कारण खान बस्न सजिलो भएपनि कुनै व्यवस्था गरी घरसम्म जानपाए हुन्थ्यो भन्ने धारणा व्यक्त गरेका छन् ।

सामाजिक दुरी कायम राख्न विभिन्न समूह बनाएर आफ्नो समूहमा भएका समस्या समूह नेता मार्फत भन्ने व्यवस्था गरिएको छ । छुट्टै हात धुने व्यवस्था गरिएको छ । यसैगरी स्यानिटाइजर र मास्क पनि उनीहरुलाई दिइएको छ । क्याम्पबाट कोही बाहिर जान नपाओस भनेर प्रहरीले चोकचोकमा गस्ती गरिरहेको छ ।