१० श्रावण २०८३, आईतवार
,
Latest
वेस्ट बैंकमा घातक आक्रमणपछि इजरायली सेनाद्वारा ‘वृहत’ सैन्य कारबाहीको तयारी इरान अमेरिकासँगको वार्तामा थप गम्भीर देखिएको छः राष्ट्रपति ट्रम्प पूर्वी इण्डोनेसियामा बेपत्ता स्पिडबोटमा सवार ११ युरोपेली पर्यटकको सकुशल उद्धार भारतको हिमाञ्चल प्रदेशमा गुडिरहेको सवारी साधनमा ढुङ्गा खस्दा १३ जनाको मृत्यु यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य राप्ती शान्ति उद्यानमा प्रत्येक शनिबार निःशुल्क आँखा जाँच सेवा बाढीपहिरो र कटानका कारण विभिन्न राजमार्ग प्रभावित भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ काँकडभिट्टा–लौकही सडक विस्तारले गति लियो यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहसचिव दुवाडी हटाइए, दंगालले पाए जिम्मेवारी



अ+ अ-

काठमाडौँ । सरकारले रामेश्वर दंगाललाई नयाँ गृहसचिव नियुक्त गरेको छ ।

जेन–जी आन्दोलन दमनमा संलग्न भएको आरोप लागिरहेका तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडीलाई हटाएर दंगाललाई जिम्मेवारी तोकिएको हो । दुवाडीलाई योजन आयोग सचिवालयमा सरुवा गरिएको स्रोतले जनाएको छ ।

यसअघि रक्षासचिवका रूपमा कार्यरत दंगाल गृह प्रशासनकै ‘क्याडर’ मानिन्छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार मंगलबार वा बुधबारभित्र निर्णय कार्यान्वयनमा आउनेछ ।

भिजिट भिसा प्रकरणमा नाम मुछिएका भए पनि उन्मुक्ति पाएका दुवाडी सरकार परिवर्तनपछि करिब डेढ सातासम्म गृहसचिवका रूपमा निरन्तर रहेका थिए । तर, जेन–जी आन्दोलनको दमनका क्रममा गृह प्रशासनको नेतृत्व गरेको भन्दै उनको छानबिन हुनुपर्ने आवाज उठिरहेका बेला सरकार निर्णयमा पुगेको हो ।