२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

४६ वर्षपछि फेरी आयो ‘सिन्धुलीगढी घुमेर हेर्दा’को नयाँ भर्सन



अ+ अ-

काठमाडौं । लोकप्रिय गीत ‘सिन्धुली गढी घुमेर हेर्दा’को रिमेक गरिएको छ । २०३६ सालमा रेडियो नेपालमा रेकर्ड भई प्रथम पुरस्कार जित्न सफल भएको गीत ‘सिन्धुलीगढी घुमेर हेर्दा’लाई ४६ वर्षपछि नयाँ रूप र स्वरमा पुनः सार्वजनिक गरिएको हो ।

कृष्ण विक्रम थापाको शब्द, संगीत र स्वर रहेको  यो कालजयी गीत ‘सिन्धुली गढी घुमेर हेर्दा सुन्तलीमई’लाई राजु थापाले रिमेक गरेका हुन् । रि–एरेन्ज रुविन कुमार श्रेष्ठले गरेका छन्  ।

राजु स्वर्गीय कृष्ण विक्रम थापाका जेठा छोरा हुन् । यो गीतमा शब्द, संगीत र स्वर कृष्णविक्रम थापाले दिएका थिए ।

यो आम नेपालीको जिव्रोमा झुन्डिएको लोकप्रिय गीत हो । सिन्धुलीको ऐतिहासिक र सांगीतिक पहिचान बोकेको यस गीतको भिडियो छायांकन पनि सिन्धुली जिल्लाकै रमणीय स्थानहरूमा गरिएको हो ।

भिडियोमा रमेश विश्वकर्मा र दीप्सा कार्की मुख्य भूमिका छ । पवन केसी, सत्य देवी, पवित्रा रम्तेल तथा काजी थापा पनि भिडियोमा देखिएका छन् ।

बासु बरालको सिनेमेटोग्राफी रहेको भिडियो निर्देशन क्रान्ति केसीले गरेका छन् । गीत म्युजिक नेपालको युट्युब च्यानलमा सुन्न सकिन्छ ।

चार दशकभन्दा लामो अन्तरालपछि पुनर्जीवित यस गीतले नयाँ पुस्तालाई सिन्धुलीको सांगीतिक धरोहरसँग फेरि नजिक ल्याउने अपेक्षा गरिएको छ ।