काठमाडौं । थानकोटमा रोकि राखिएका सर्वसाधारणलाई बस चढाएर आआफ्नो गन्तव्यतर्फ पठाइएको छ । प्रधानमन्त्रीको निर्देशनपछि उनीहरुलाई शुक्रबार त्यहाँ रोकिएको थियो ।
शुक्रबार मन्त्रीहरूलाई बोलाएर प्रधानमन्त्री केपी शर्मा ओलीले पैदल हिँडेर बाहिर जान नदिन भनेका थिए । कसैले खान नपाए राहतको व्यवस्था गर्न निर्देशन दिएका थिए ।
हिँडेर गाउँ जान लागेका उनीहरुलाई चन्द्रागिरि नगरपालिकाका जनप्रतिनिधिको अगुवाईमा शनिबार थानकोटमा रोकिएको थियो । करिब तीन सयको संख्यामा रहेका उनीहरूलाई बिहान खाना दिइएको थियो । थानकोटामा रोकिएका उनीहरु पनि समस्यामा परेको भन्दै आफ्नो गाउँ जान माग गरेका थिए ।
उनीहरुलाई साँझपख बस चढाएर पठाइएको छ । चन्द्रगिरि यातायातको ५ वटा र अन्य व्यवसायीको दुई वटा बसमा उनीहरूलाई पठाइएको बताइएको छ । पहिलो लटमा बाँके, बर्दिया, दाङ, बुटवल, सल्यान र सुर्खेत पठाइने उक्त नगरपालिकाले जनाएको छ ।