१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन एमाले महासचिव पोखरेल पुगे News Polar भन्सारका नाममा सर्वसाधारणको निजी सम्पत्ति खोस्ने काम बन्द गर्नुपर्छ : प्रभु साह News Polar एमाले संसदीय दलको बैठक च्यासलमा सुरु News Polar काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना News Polar किसानका घरआँगनमा कृषिमन्त्री चौधरी News Polar जसपा नेपालका चार केन्द्रीय नेताले दिए सामूहिक राजीनामा News Polar मन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केकर ४०० केभी प्रसारणलाइनको निरीक्षण News Polar बुटवलबाट ‘एआरई जीपी’ ग्रान्ड फिनालेका लागि तीन राइडर छनोट News Polar प्रश्तावित राष्ट्रिय सडक सुरक्षा ऐन २०८३–अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने News Polar चिनियाँ राजदूत सात सदस्यीय टोलीसहित लोमान्थाङमा News Polar पञ्चेबाजा र झाँकीसहित कांग्रेस महाधिवेशनमा सहभागी हुन प्रतिनिधिको र्‍याली खुलामञ्च प्रवेश गर्दै News Polar कांग्रेस महाधिवेशन : अतिथिको स्वागतका लागि तयार पारिएको यस्तो छ खादा News Polar अर्थमन्त्री वाग्ले अमेरिका पुगे, सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंक अध्यक्षसँग भेटवार्ता हुने News Polar विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ News Polar सहमहामन्त्रीको उम्मेद्वारी घोषणा गर्दै प्रकाश रसाईलीले भने–‘गगन थापाको नेतृत्वमा काँग्रेस र देशलाई बलियो बनाउन लाग्नेछौँ’ News Polar यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन News Polar कांग्रेस महाधिवेशन : उद्घाटनअघि खुलामञ्चतर्फ बढ्दै प्रतिनिधि र समर्थक News Polar सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद News Polar १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि खगेन्द्र आचार्यको उम्मेदवारी News Polar सुनचाँदीको मूल्य घट्यो

२८ संक्रमित चिकित्सकको निगरानीमा

२८ संक्रमित चिकित्सकको निगरानीमा
अ अ+ अ-

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमितमध्ये दुई जना निको भएर शनिबार घर फर्किएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत दोस्रो कोरोना भाइरस (कोभिड–१९) संक्रमित २७औं र धौलागिरि अस्पतालमा उपचाररत ६५ वर्षीया महिला १७औं दिनमा घर फर्किएका हुन् । १९ वर्षीया प्रसिद्धि श्रेष्ठले भिडियो सन्देशमार्फत सरकारलाई धन्यवाद दिएकी छन् । यस्तै, ६५ वर्षीया महिलाको अन्तिम दुईपटक कोभिड–१९ परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको बताइएको छ ।

श्रेष्ठ गत ४ चैतमा फ्रान्सबाट कतार हुँदै नेपाल आएकी थिइन् । टेकु अस्पतालमा उपचाररत श्रेष्ठको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । नेपाल आएपछि गरिएको परीक्षणमा उनमा कोरोना भाइरस संक्रमण देखिएको थियो । लगत्तै ९ चैतमा उनी अस्पताल भर्ना भएकी थिइन् । १० चैतमा स्वास्थ्य मन्त्रालयमा आयोजित आकस्मिक पत्रकार सम्मेलनमा उनमा संक्रमण देखिएको जानकारी दिइएको थियो । उनीसँगै कतार एयरलाइन्सबाट आएका १ सय ५६ जना सम्पर्कमा आइसकेका छन् ।

उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा बसेका थप एक जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा संक्रमितको संख्या ३१ पुगेको हो । चीनको वुहानबाट आएका ३२ वर्षीय युवकमा गत १० माघमा संक्रमण पुष्टि भएको थियो । दोस्रोपटक उनको परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । उनी पनि निको भएर घर फर्किसकेका छन् । हालसम्म पहिलो संक्रमित, दोस्रो र बागलुङकी ६५ वर्षीया महिला संक्रमित घर फर्किएका हुन् । २८ संक्रमित चिकित्सकको निगरानीमा छन् ।

हालसम्म १९ हजार ४ सय ५४ जनामा कोरोना परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभरका अस्पतालमा १ सय १७ जना आइसोलेसनमा उपचाररत छन् । पाँच जना उपत्यकाभित्र र १ सय १२ जना उपत्यकाबाहिरका अस्पतालमा उपचाररत छन् । अहिलेसम्म ४ हजार ५ सय ५३ जना क्वारेन्टाइनमा बस्दै आएका छन् ।

सबैलाई परीक्षण गर्न सुझाव दिन्छुः प्रसिद्धि

काठमाडौं । म ४ चैतमा नेपाल आइपुगें । सुरुमा मलाई संक्रमणको केही लक्षण देखिएको थिएन । घर आइसकेपछि म सेल्फ आइसोलेसनमा थिएँ । घर आएको चौथो दिनमा भियतनामी साथीले सम्पर्क गर्दै परीक्षणका क्रममा आफूलाई कोरोना भाइरस पोजेटिभ देखिएको बताइन् । त्यसै दिन म टेकु अस्पताल पुगें । त्यतिबेला संक्रमणको खासै लक्षण देखिएको थिएन । दुई दिनपछि रिपोर्ट पोजेटिभ देखिएको रहेछ । अस्पतालमा २७ दिन बसें । रिपोर्ट देख्नेबित्तिकै अस्पतालबाट घरमा तुरुन्तै एम्बुलेन्स पठाइएको थियो ।

चिकित्सकहरूले पनि तिमी चिन्ता नलिऔ भनेर सान्त्वना दिनुभयो । अस्पतालले गरेको सेवाप्रति म पूर्ण सन्तुष्ट छु । टेकु अस्पताल आएको एक–दुई दिनपछि लक्षण देखिन थाल्यो । श्वास फेर्न अप्ठेरो, पेट दुख्ने, थकाइ चाँडै लाग्ने र खोकी लाग्थ्यो । म सेल्फ आइसोलेसनमा बसेकी थिएँ । त्यही भएर पनि संक्रमण फैलिन पाएन । सबै जना सेल्फ आइसोलेसनमा बस्नुपर्छ ।

म सबै जनाले कोरोना परीक्षण गर्न र सेल्फ आइसोलेसनमा बस्नुस् भन्न चाहन्छु । जसले गर्दा कोरोना संक्रमण फैलिन पाउँदैन । सबै जनालाई मास्क, ग्लब लगाउन पनि सुझाव दिन्छु । राजधानी दैनिक