१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन एमाले महासचिव पोखरेल पुगे News Polar भन्सारका नाममा सर्वसाधारणको निजी सम्पत्ति खोस्ने काम बन्द गर्नुपर्छ : प्रभु साह News Polar एमाले संसदीय दलको बैठक च्यासलमा सुरु News Polar काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना News Polar किसानका घरआँगनमा कृषिमन्त्री चौधरी News Polar जसपा नेपालका चार केन्द्रीय नेताले दिए सामूहिक राजीनामा News Polar मन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केकर ४०० केभी प्रसारणलाइनको निरीक्षण News Polar बुटवलबाट ‘एआरई जीपी’ ग्रान्ड फिनालेका लागि तीन राइडर छनोट News Polar प्रश्तावित राष्ट्रिय सडक सुरक्षा ऐन २०८३–अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने News Polar चिनियाँ राजदूत सात सदस्यीय टोलीसहित लोमान्थाङमा News Polar पञ्चेबाजा र झाँकीसहित कांग्रेस महाधिवेशनमा सहभागी हुन प्रतिनिधिको र्‍याली खुलामञ्च प्रवेश गर्दै News Polar कांग्रेस महाधिवेशन : अतिथिको स्वागतका लागि तयार पारिएको यस्तो छ खादा News Polar अर्थमन्त्री वाग्ले अमेरिका पुगे, सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंक अध्यक्षसँग भेटवार्ता हुने News Polar विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ News Polar सहमहामन्त्रीको उम्मेद्वारी घोषणा गर्दै प्रकाश रसाईलीले भने–‘गगन थापाको नेतृत्वमा काँग्रेस र देशलाई बलियो बनाउन लाग्नेछौँ’ News Polar यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन News Polar कांग्रेस महाधिवेशन : उद्घाटनअघि खुलामञ्चतर्फ बढ्दै प्रतिनिधि र समर्थक News Polar सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद News Polar १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि खगेन्द्र आचार्यको उम्मेदवारी News Polar सुनचाँदीको मूल्य घट्यो

‘संसारलाई नै हल्लाएको रोगलाई जिते’- बाग्लुङकी ६५ वर्षिया महिला

‘संसारलाई नै हल्लाएको रोगलाई जिते’- बाग्लुङकी ६५ वर्षिया महिला
अ अ+ अ-

काठमाडौं । शनिवार एकैदिन दुई जना कोरोना संक्रमित भाइरसमुक्त भएका छन् । काठमाडौंकी १९ वर्षिया युवति र बाग्लुङकी ६५ वर्षिया महिला कोरानामुक्त भएका हुन् । शनिवार दुवै जनाको परीक्षणको रिपोर्ट लगातार दोस्रो पटक नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो । योसँगै नेपालमा कोरोनाबाट निको हुने संख्या तीन पुगेको छ । फ्रान्सबाट कतारको दोहोहुँदै फर्किएकी काठमाडौं मैतिदेवीकी १९ वर्षीया प्रसिद्धि श्रेष्ठ निको भएर टेकु अस्पतालबाट डिस्चार्ज भएकी छिन् । २७ दिनको अस्पताल बसाईपछि शनिवार उनि डिस्चार्ज भईन् । डिस्चार्ज भएपनि केही दिन सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ ।

चैत ४ गते काठमाडौं आईपुगेकी उनिमा परीक्षण गर्दा चैत १० गते कोरोना पुष्टि भएको थियो । चैत ९ गतेदेखी नै उनि टेकु अस्पतालमा भर्ना गरेर आइसोलेसनमा राखिएको थियो । बेल्जियमबाट फर्किएकी ६५ वर्षीया महिला पनि कोरोना मुक्त भएकी छन् । २४ घण्टाभित्र गरिएको दोस्रो परीक्षणमा समेत नतिजा नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले बताए । शनिबार पोखराको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पीसीआर मेसिनमा परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । यसअघि बिहीबारको परीक्षणमा पनि नेगेटिभ रिपोर्ट आएको थियो ।

धौलागिरि अञ्चल अस्पताल बागलुङको आइसोलेसन वार्डमा उपचार गरिरहेकी ती महिलालाई शनिवार साँझ डिस्चार्ज गरिएको निर्देशक डा. शर्माले बताए । ‘उहाँलाई डिस्चार्ज दिएपछि १४ दिन सुरक्षित रुपमा होम क्वारेन्टाइनमा राखिने छ,’ उनले भने, ‘हामी फलोअप पनि गरिरहन्छौं ।’ उनी चैत १९ देखि आइसोलेसनमा थिइन् । दम र उच्च रक्तचापको विरामी भएकाले औषधि खाइरहेकी थिइन् । अर्की संक्रमित १९ वर्षीया युवतीको भने चौंथो स्वाब परीक्षणको नतिजा पनि पोजिटिभ आएको थियो । उनको स्वाब परीक्षण भइरहेको र रिपोर्ट आइतबार आउने गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनी चैत १५ देखि आइसोलेसनमा छिन् । दुबैजना बेल्जियमबाट कतार एअरवेयजको जहाजबाट नेपाल आएका थिए ।

यसअघि चीनबाट फर्किएका एक विद्यार्थी पनि कोरोनाबाट निको भएर घरमा छन् । उनी नेपालको पहिलो कोरोना संक्रमित व्यक्ति पनि हुन् । चीनबाट आएका उनको स्वाब परीक्षण गर्न हङकङ पठाइएकोमा माघ १० गते संक्रमण पुष्टि भएको थियो । डिस्चार्ज भएर घरमा रहेका उनलाई संक्रमण पुष्टि भएपछि अस्पतालमा फेरि भर्ना गरियो । उपचारपछि नतिजा नेगेटिभ आएपछि उनलाई घर पठाइएको हो । दोस्रो संक्रमित देखिएको भोलिपल्टदेखि सरकारले लकडाउनको समेत घोषणा गरेको थियो । शनिबार डिस्चार्ज भएपछि श्रेष्ठले चिकित्सक र स्वास्थ्यकर्मी सबैलाई धन्यवाद दिएकी छिन् । उनले सरकारलाई समेत बढी भन्दा बढी मानिसलाई आइसोलेसनमा राख्न सुझाएकी छिन् । कोरोनामुक्त भएकी ६५ वर्षिया महिलाले पनि आफूले संसारलाई नै हल्लाएको रोगलाई जितेको बताइन् ।

घर फर्किन पाएकोमा खुशी व्यक्त गर्दै उनले भनिन, ‘सबैको माया र मेरो आत्मबिश्वासले रोगलाई जितेर घर फर्किन पाएँ ।’ आफूलाई अस्पताल नआइकनै ठीक हुन्छ जस्तो लागेको उल्लेख गर्दै उनले अगाडी भनिन्, ‘डाक्टर र नर्सहरुले मेरो धेरै सेवा गर्नुभयो । दैनिक तीन/चार लीटर तातो पानी पिउने र पीर चिन्ता नलिइकन बस्दा निको भएछ ।’ घरपरिवार र छिमेकीले दिनदिनै फोन गरेर शुभकामना दिएको लागेझैं भएको उनले बताइन् । डाक्टर र नर्सले दैनिक ३ पटक भेटेर औषधि खुवाउने गरेको समेत उनले बताइन् ।

नेपालमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । जसमा तीन जना निको भएर घर फर्किएका छन् भने २८ जना विभिन्न अस्पतालको आइसोलेसनमा छन् । संक्रमितहरूमध्ये विराटनगरको कोरोना अस्पतालमा १२, नारायणी अस्पतालमा ४, भरतपुर अस्पतालमा २, टेकु अस्पतालमा १, पाटन अस्पतालमा २, धौलागिरि अञ्चल अस्पतालमा १ र सेती प्रादेशिक अस्पतालमा ५ जना छन् । स्वास्थ्य मन्त्रालयका अनुसार सबै २७ जनाको अवस्था सामान्य नै रहेको छ । सौर्य दैनिक