१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन एमाले महासचिव पोखरेल पुगे News Polar भन्सारका नाममा सर्वसाधारणको निजी सम्पत्ति खोस्ने काम बन्द गर्नुपर्छ : प्रभु साह News Polar एमाले संसदीय दलको बैठक च्यासलमा सुरु News Polar काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना News Polar किसानका घरआँगनमा कृषिमन्त्री चौधरी News Polar जसपा नेपालका चार केन्द्रीय नेताले दिए सामूहिक राजीनामा News Polar मन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केकर ४०० केभी प्रसारणलाइनको निरीक्षण News Polar बुटवलबाट ‘एआरई जीपी’ ग्रान्ड फिनालेका लागि तीन राइडर छनोट News Polar प्रश्तावित राष्ट्रिय सडक सुरक्षा ऐन २०८३–अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने News Polar चिनियाँ राजदूत सात सदस्यीय टोलीसहित लोमान्थाङमा News Polar पञ्चेबाजा र झाँकीसहित कांग्रेस महाधिवेशनमा सहभागी हुन प्रतिनिधिको र्‍याली खुलामञ्च प्रवेश गर्दै News Polar कांग्रेस महाधिवेशन : अतिथिको स्वागतका लागि तयार पारिएको यस्तो छ खादा News Polar अर्थमन्त्री वाग्ले अमेरिका पुगे, सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंक अध्यक्षसँग भेटवार्ता हुने News Polar विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ News Polar सहमहामन्त्रीको उम्मेद्वारी घोषणा गर्दै प्रकाश रसाईलीले भने–‘गगन थापाको नेतृत्वमा काँग्रेस र देशलाई बलियो बनाउन लाग्नेछौँ’ News Polar यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन News Polar कांग्रेस महाधिवेशन : उद्घाटनअघि खुलामञ्चतर्फ बढ्दै प्रतिनिधि र समर्थक News Polar सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद News Polar १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि खगेन्द्र आचार्यको उम्मेदवारी News Polar सुनचाँदीको मूल्य घट्यो

लकडाउन अवधि: १७ बलात्कार घटना, ३० को आत्महत्या

लकडाउन अवधि: १७ बलात्कार घटना, ३० को आत्महत्या
अ अ+ अ-

निरा गौतम

रुपन्देही । बन्दाबन्दीका समयमा प्रदेश नं ५ मा १७ बलात्कारका घटनासम्बन्धी मुद्दा दर्ता भएका छन् । बन्दाबन्दीको २४ दिनका अवधिमा प्रदेशका आठ जिल्लामा १७ महिला बलात्कृत भएको प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ । प्रदेशका रुकुम, अर्घाखाँची, दाङ र पाल्पाबाहेक सबै जिल्लामा बलात्कारका घटना दर्ता भएका छन् । प्रदेशमा सबैभन्दा बढी रुपन्देहीमा पाँच बलात्कारका घटना भएका छन् । त्यसपछि कपिलवस्तुमा चार, गुल्मी र बाँकेमा दुईदुई तथा रोल्पा, बर्दिया, प्युठान र नवलपरासीमा एकएक घटना दर्ता भएको प्रदेश प्रहरी कार्यालय प्रवक्ता प्रहरी नायब उपरीक्षक नवराज पोखरेलले जानकारी दिए ।

बन्दाबन्दीमा बर्दियामा जर्बजस्ती करणी उद्योग अन्तर्गत मुद्दा दर्ता भएको छ । घटनामा संलग्नलाई पक्राउ गरी जर्बजस्ती करणीअन्तर्गत मुद्दा चलाइएको प्रवक्ता पोखरेलले बताए । पछिल्लो एक हप्तामा रुपन्देहीमा तीन युवतीमाथि बलात्कार भएको उजूरी आएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सैनामैना नगरपालिका तथा मर्चवारी र कञ्चन गाउँपालिकाका युवतीमाथि बलात्कार भएको हो । गत मंगलबार रुपन्देहीको सैनामैना १ मा १५ वर्षीयामाथि बलात्कार भएको हो । प्रहरीले किशोरीलाई बलात्कार गरेको आरोपमा ३७ वर्षीय मानबहादुर छहारीलाई पक्राउ गरेको छ । परिवारले दिएको किटानी जाहेरीका आधारमा सोही वडाबाटै छहारीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए ।

दिउँसो उनलाई आफ्नै घरमा बोलाएर बलात्कार गरेको उनले बताए। यस्तै चैत २९ गते सूर्यपुरा ९ मा बाबुले आफ्नै १५ वर्षीया छोरीलाई बलात्कार गरेका छन् । एक वर्षदेखि बलात्कार गर्दै आएको बालिकाको बयानका आधारमा ४० वर्षीय उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सोही दिन मर्चवारीमा २२ वर्षीय युवतीमाथि बलात्कार भएको छ । बलात्कारका आरोपमा स्थानीयवासी १८ वर्षीय राजेश चौहानलाई प्रहरीले पक्राउ गरेको छ । सो अवधिमा घरेलु हिंसाका १२ मुद्दा दर्ता भएको प्रदेश प्रहरी प्र्रवक्ता पोखरेलले बताए । घरेलु हिंसाका उजुरी धेरै परे पनि मुद्दा कम दर्ता भएका छन् । सबैभन्दा धेरै बाँके र दाङमा चारचार, रोल्पामा दुई र पाल्पामा घरेलु हिंसाका एक मुद्दा दर्ता भएका छन् ।

३० को आत्महत्याबन्दाबन्दीमा आत्महत्याका घटना पनि भएका छन् । प्रदेशका पाल्पा र बाँकेबाहेक १० जिल्लामा ३० जनाले आत्महत्या गरेको रिपोर्ट आएको प्रहरीले जनाएको छ । सबैभन्दा बढी रुपन्देहीमा नौ जनाले आत्महत्या गरेका छन् । त्यसपछि दाङमा छ र कपिलवस्तुमा चार जनाले आत्महत्या गरेका छन् । नवलपरासीमा तीन, अर्घाखाँची र रुकुममा दुईदुई तथा गुल्मी, बर्दिया, रोल्पा र प्युठानमा एकए जनाले आत्महत्या गरेको प्रहरी तथ्याङ्कले देखाएको छ । बन्दाबन्दीमा एउटा यौन दुव्र्यवहारकोसम्बन्धी मुद्दा पनि दर्ता भएको छ । सो अवधिमा अर्घाखाँचीमा बालविवाह र बहुविवाहको एकएक वटा घटना दर्ता भएको प्रहरीले जनाएको छ ।