१३ असार २०८३, शनिबार
,
Latest
सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु नेपाली सेनाद्वारा बागमती ड्याममा मनसुनजन्य विपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार कार्यान्वयनमा अझै चुनौतीः सरोकारवाला ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम भूकम्प प्रभावित भेनेजुएलाको उद्धारका लागि स्पेनद्वारा ५४ सदस्यीय आपत्कालीन टोली परिचालन झल्किँदो धरहरा, रमाउँदै पर्यटक-फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य म्यानमारद्वारा ६० करोड अमेरिकी डलरभन्दा बढी मूल्यको लागुऔषध नष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

घाँटीमा मासु अड्किएर मृत्यु



अ+ अ-

सल्यान । घाँटीमा मासु अड्किएर एक जनाको मृत्यु भएको छ । शारदा नगरपालिका वडा नम्बर १३ निवासी ६९ वर्षीय देवीलाल कामीको मृत्यु भएको हो ।

शनिबार राति सल्यानचौरका बालाराम कवरका घरमा झारफुक गर्न गएका उनको आज बिहान ३ बजे बाख्राको मासु खाने क्रममा घाँटीमा मासु अड्की उपचारका लागि बिहान अस्पताल पुर्याउनेबित्तिकै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शव परीक्षणका लागि अस्पतालमा राखिएको प्रहरीको भनाइ छ । गाउँमा झारफुक गरिसकेपछि बोक्सी भगाउने भन्दै बाख्रा काट्ने र राति नै मासु पकाएर खाने चलन छ ।