२३ आश्विन २०८१, बुधबार
,
Latest
दशैंको उल्लास, देशभर कहाँ के भइरहेको छ ? (फोटो फिचर) जग्गा, आवास व्यवस्था पुनरावलोकन गर्न कार्यदल गठन गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दशैं गीत सार्वजनिक अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ फूलपातीदेखि चितवन निकुञ्जभित्र जीप सफारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

लक डाउन जारि भएको २७ औं दिन, संक्रमितको संख्या ३१ पुग्यो



अ+ अ-

काठमाडौं । कोरोनाको संक्रमण रोक्न सरकारले चैत्र ११ गते लकडाउन घोसणा गरे यता दैनिक जीवन र सामाजिक क्रियाकलाप ठप्प छ । यो बन्दाबन्दिको अवस्थामा भने अत्यावश्यक काम र सेवा भने रोकिएको छैन ।

आज (आइतबार) बिहान हाम्रा सम्बाददाता काठमाडौँका केहि क्षेत्रमा पुग्दा नागरिकहरुले बन्दाबन्दिको पालना गरेको पाइएको छ । केहि स्थानहरुमा सर्वसाधारण अत्यावश्यक सामग्री खरिद गर्न घर नजिकको पसलमा पुगेको देखिन्थ्यो । यस्तै काठमाडौँ महानगरपालिकाले नगर सफाइको कामलाई निरन्तरता दिइरहेको थियो । सुरक्षा निकायका अधिकारीहरु सुरक्षा चेकजाँच गर्न लकडाउन पालना गराउन सडकका चोकहरुमा खटिएका थिए ।

यस्तै अत्यावश्यक सेवाका सवारी साधन भने सहजै गुडिरहेका थिए । यस्तै विभिन्न चोकहरुमा घुम्दै नेपाल प्रहरिको मोबाइल भ्यानले सर्वसाधारणलाई माइकिङ्ग गरेर घरमा बसेर सावधानी अपनाउन आग्रह गरिरहेको थियो । नेपाल सरकारले बैशाख ३ गते सम्मको लकडाउन बन्दाबन्दिको समय बढाएर १५ गते सम्म पुर्याएको छ । नेपालमा अहिले संक्रमित हुनेको संख्या ३१ जना पुगेको छ ।

साथै स्वास्थ्य मन्त्रालयले शनिवार अपरान्ह पत्रकार सम्मेलन मार्फत दिएको जानकारी अनुसार अहिलेसम्म पिसिआर विधिबाट ८ हजार १७ जनाको कोरोना परीक्षण गरेको बताएको छ । साथै नेपालका ७७ वटा जिल्लामा र्यापिड डाइग्नोष्टिक विधिबाट परीक्षण सुरु गरिएको जनाएको छ । देशभरी ४ हजार ५ सय ३६ जना क्वारेन्टाइनमा रहेका छन् । उपत्यकामा ५ र बाहिर १ सय १२ गरी १ सय १७ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।