१३ असार २०८३, शनिबार
,
Latest
नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु नेपाली सेनाद्वारा बागमती ड्याममा मनसुनजन्य विपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार कार्यान्वयनमा अझै चुनौतीः सरोकारवाला ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम भूकम्प प्रभावित भेनेजुएलाको उद्धारका लागि स्पेनद्वारा ५४ सदस्यीय आपत्कालीन टोली परिचालन झल्किँदो धरहरा, रमाउँदै पर्यटक-फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

अलपत्र रहेका नागरिकहरुलाई मानव सेवा आश्रम खाना खुवायो



अ+ अ-

भक्तपुर । भक्तपुरका विभिन्न स्थानमा अलपत्र रहेका नागरिकहरुलाई मानव सेवा आश्रम भक्तपुरले खाना खुवाएको छ ।

भक्तपुरका विभिन्न स्थानमा लक डाउनका कारण भोकै रहेका नागरिकहरुलाई आश्रमले खाना खुवाएको हो । लक डाउनको आठौं दिन देखि नै भक्तपुरका विभिन्न स्थानमा अलपत्र रहेका नागरिकहरुलाई खाना खुवाएको आश्रमकी सुमित्रा चपागाईंले जानकारी दिनुभयो । सेवा घरमा रहेका ६३ जनालाई यसअघि पनि नियमित रुपमा सेवा गर्दै आएको मानव सेवा आश्रम अहिले सडकमा रहेका १ सय भन्दा बढीलाई सेवा गरिरहेको उहाँले बताउनुभयो ।

आश्रमले २ वर्षदेखि अलपत्र नागरिकहरुलाई सेवा गर्दै आएको छ । जिल्लामा रहेका नागरिक अगुवाहरुको सहयोगमा लक डाउनका कारण अलपत्र परेका नागरिकहरुलाई आश्रमले बेलुकी खाना खुवाउँदै आएको छ । दिउँसो अन्य स्वयमसेवकहरुले पानी ड्राई फुड लगायतका सहयोग गर्ने भएकाले आश्रमले बेलुकीको खाना खुवाएर सहयोग गरिरहेको उहाँले बताउनुभयो ।