२३ आश्विन २०८१, बुधबार
,
Latest
दशैंको उल्लास, देशभर कहाँ के भइरहेको छ ? (फोटो फिचर) जग्गा, आवास व्यवस्था पुनरावलोकन गर्न कार्यदल गठन गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दशैं गीत सार्वजनिक अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ फूलपातीदेखि चितवन निकुञ्जभित्र जीप सफारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अलपत्र रहेका नागरिकहरुलाई मानव सेवा आश्रम खाना खुवायो



अ+ अ-

भक्तपुर । भक्तपुरका विभिन्न स्थानमा अलपत्र रहेका नागरिकहरुलाई मानव सेवा आश्रम भक्तपुरले खाना खुवाएको छ ।

भक्तपुरका विभिन्न स्थानमा लक डाउनका कारण भोकै रहेका नागरिकहरुलाई आश्रमले खाना खुवाएको हो । लक डाउनको आठौं दिन देखि नै भक्तपुरका विभिन्न स्थानमा अलपत्र रहेका नागरिकहरुलाई खाना खुवाएको आश्रमकी सुमित्रा चपागाईंले जानकारी दिनुभयो । सेवा घरमा रहेका ६३ जनालाई यसअघि पनि नियमित रुपमा सेवा गर्दै आएको मानव सेवा आश्रम अहिले सडकमा रहेका १ सय भन्दा बढीलाई सेवा गरिरहेको उहाँले बताउनुभयो ।

आश्रमले २ वर्षदेखि अलपत्र नागरिकहरुलाई सेवा गर्दै आएको छ । जिल्लामा रहेका नागरिक अगुवाहरुको सहयोगमा लक डाउनका कारण अलपत्र परेका नागरिकहरुलाई आश्रमले बेलुकी खाना खुवाउँदै आएको छ । दिउँसो अन्य स्वयमसेवकहरुले पानी ड्राई फुड लगायतका सहयोग गर्ने भएकाले आश्रमले बेलुकीको खाना खुवाएर सहयोग गरिरहेको उहाँले बताउनुभयो ।