१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन एमाले महासचिव पोखरेल पुगे News Polar भन्सारका नाममा सर्वसाधारणको निजी सम्पत्ति खोस्ने काम बन्द गर्नुपर्छ : प्रभु साह News Polar एमाले संसदीय दलको बैठक च्यासलमा सुरु News Polar काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना News Polar किसानका घरआँगनमा कृषिमन्त्री चौधरी News Polar जसपा नेपालका चार केन्द्रीय नेताले दिए सामूहिक राजीनामा News Polar मन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केकर ४०० केभी प्रसारणलाइनको निरीक्षण News Polar बुटवलबाट ‘एआरई जीपी’ ग्रान्ड फिनालेका लागि तीन राइडर छनोट News Polar प्रश्तावित राष्ट्रिय सडक सुरक्षा ऐन २०८३–अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने News Polar चिनियाँ राजदूत सात सदस्यीय टोलीसहित लोमान्थाङमा News Polar पञ्चेबाजा र झाँकीसहित कांग्रेस महाधिवेशनमा सहभागी हुन प्रतिनिधिको र्‍याली खुलामञ्च प्रवेश गर्दै News Polar कांग्रेस महाधिवेशन : अतिथिको स्वागतका लागि तयार पारिएको यस्तो छ खादा News Polar अर्थमन्त्री वाग्ले अमेरिका पुगे, सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंक अध्यक्षसँग भेटवार्ता हुने News Polar विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ News Polar सहमहामन्त्रीको उम्मेद्वारी घोषणा गर्दै प्रकाश रसाईलीले भने–‘गगन थापाको नेतृत्वमा काँग्रेस र देशलाई बलियो बनाउन लाग्नेछौँ’ News Polar यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन News Polar कांग्रेस महाधिवेशन : उद्घाटनअघि खुलामञ्चतर्फ बढ्दै प्रतिनिधि र समर्थक News Polar सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद News Polar १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि खगेन्द्र आचार्यको उम्मेदवारी News Polar सुनचाँदीको मूल्य घट्यो

कोरोना रोकथाम कोषमा रकम जम्मा गर्नेक्रम जारी

कोरोना रोकथाम कोषमा रकम जम्मा गर्नेक्रम जारी
अ अ+ अ-

बागलुङ । बागलुङ जिल्लाको काठेखोला गाउँपालिकाले कोरोना रोकथाम तथा व्यवस्थापनका लागि स्थापना गरेको कोषमा सहयोग गर्ने दाता बढिरहेका छन् । गाउँपालिकाले रु १० लाख र गण्डकी प्रदेशको रु पाँच लाख गरी रु १५ लाखबाट शुरुआत गरिएको सो कोषमा हालसम्म रु ३८ लाख २० हजार २५० जम्मा भएको काठेखोला गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले स्थापना गरेको कोषमा विभिन्न सङ्घसंस्था, प्रवासी नेपाली, सहकारी, विभिन्न व्यक्ति, गाउँपालिकाका कर्मचारी र शिक्षकले सहयोग गर्दै आएको काठेखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिम विश्वकर्माले जानकारी दिनुभयो । कोषबाट गाउँपालिकाले स्वास्थ्यकर्मीका लागि आवश्यक अत्यावश्यक उपकरण, औषधि, स्वास्थ्य सुरक्षा सामग्री व्यवस्थापन र राहत वितरण गरिने विकको भनाइ छ । कोषमा सबैभन्दा बढी व्यक्तिगतरूपमा प्रभु बैंकका कार्यकारी निर्देशक अशोक शेरचनले रु एक लाख सहयोग गर्नुभएको छ । यस्तै गाउँपालिकाका शिक्षकहरुले तलबको १० प्रतिशत हुन आउने रु १० लाख ७३ हजार ३३९ रकम कोषमा जम्मा भइसकेको छ ।

“गाउँपालिकाले स्थापना गरेको कोषमा धेरै सङ्घसंस्थाले उत्साहजकरूपमा सहयोग गरिरहनुभएको छ”, उहाँले भन्नुभयो, “कोषबाट हामीले एउटा मापदण्ड बनाएर राहत वितरण, स्वास्थ्य उपकरण व्यवस्थापनमा लगाउने निर्णय गरेका छौँ ।” बागलुङ जिल्लाका दशवटै स्थानीय तहले रु दुई करोड १७ लाखको कोरोना रोकथाम तथा व्यवस्थापन कोष स्थापना गरी सहयोगको आह्वान गरेको छ । जसमध्ये काठेखोला गाउँपालिका र बागलुङ नगरपालिकामा विभिन्न व्यक्ति तथा सङ्घसंस्थाले उत्साहजनकरूपमा सहयोग गरिराख्नुभएको छ ।