६ पुष २०८२, आईतवार
,
Latest
उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत पसिनाका गन्धमा सफलता खोज्ने तिवारी कालीगण्डकी करिडोर : तातोपानी–घाँसा खण्ड स्तरोन्नति घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर : ३८४ जनाको परीक्षण गर्दा ७५ मा मोतियाबिन्दुको समस्या
तपाईं के खोज्दै हुनुहुन्छ ?

डा. संगीतालाई स्वास्थ्यको जिम्मा



अ+ अ-

काठमाडौं । स्वास्थ्य क्षेत्रले आज निकै अनुभवी र खारिएको नेतृत्व पाउँदै छ ।

प्रधानमन्त्री सुशीला कार्कीले अतिरक्त स्वास्थ्य सचिव डा. संगीता कौशल मिश्रालाई स्वास्थ्यमन्त्रीमा सिफारिस गरेकी छन् ।

मिश्रालाई आज राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरी समक्ष पद तथा गोपनियताको सपथ दिलाउने छन् ।

स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिव रहेकी डा. मिश्राले स्वास्थ्यमन्त्री बन्ने भएपछि हिजो राजीनामा दिएकी थिइन् ।

मिश्रा स्वास्थकर्मीका साथै कुशल व्यवस्थापक पनि हुन् । कोरोना महामारीले देश आक्रान्त भएका बेला कोशी अस्पतालको नेतृत्व गरेर डा. मिश्राले आफूलाई अब्बल सावित गरेकी थिइन् ।

आम नागरिकलाई महामारीबाट जोगाउन उनले गरेको योगदानले देशभर चर्चा पाएको थियो ।

कोशी अस्पतालबाट परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको निर्देशकको जिम्मेवारी पाएसँगै उनले नेपालमा पहिलो पटक ह्युमन मिल्क बैंक अर्थात् अमृत कोषको अवधारणा ल्याएकी थिइन् ।

त्यसपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वय महाशाखा प्रमुख तथा प्रवक्ता, स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदै डा. मिश्र हाल स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव भएको थिइन् ।

मिश्राले सचिवमा दाबेदाबी प्रस्तुत गरेकी थिइन् । तर तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले उनलाई सचिवमा बढुवा गरेको थिएन ।

डा. मिश्राले २०५७ सालमा स्वास्थ्य सेवामा प्रवेश गरी करिब एक वर्ष काम गर्नुभएको थियो । त्यसपछि उहाँ फुलब्राइट छात्रवृत्ति पाएर अमेरिका पढ्न जानुभएको थियो । २०७० असोज १० गते खुलातर्फको प्रतिस्पर्धामा ११औं तहमा नाम निकालेर उहाँ पुन: स्वास्थ्य सेवामा प्रवेश गर्नुभएको हो ।