१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन एमाले महासचिव पोखरेल पुगे News Polar भन्सारका नाममा सर्वसाधारणको निजी सम्पत्ति खोस्ने काम बन्द गर्नुपर्छ : प्रभु साह News Polar एमाले संसदीय दलको बैठक च्यासलमा सुरु News Polar काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना News Polar किसानका घरआँगनमा कृषिमन्त्री चौधरी News Polar जसपा नेपालका चार केन्द्रीय नेताले दिए सामूहिक राजीनामा News Polar मन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केकर ४०० केभी प्रसारणलाइनको निरीक्षण News Polar बुटवलबाट ‘एआरई जीपी’ ग्रान्ड फिनालेका लागि तीन राइडर छनोट News Polar प्रश्तावित राष्ट्रिय सडक सुरक्षा ऐन २०८३–अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने News Polar चिनियाँ राजदूत सात सदस्यीय टोलीसहित लोमान्थाङमा News Polar पञ्चेबाजा र झाँकीसहित कांग्रेस महाधिवेशनमा सहभागी हुन प्रतिनिधिको र्‍याली खुलामञ्च प्रवेश गर्दै News Polar कांग्रेस महाधिवेशन : अतिथिको स्वागतका लागि तयार पारिएको यस्तो छ खादा News Polar अर्थमन्त्री वाग्ले अमेरिका पुगे, सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंक अध्यक्षसँग भेटवार्ता हुने News Polar विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ News Polar सहमहामन्त्रीको उम्मेद्वारी घोषणा गर्दै प्रकाश रसाईलीले भने–‘गगन थापाको नेतृत्वमा काँग्रेस र देशलाई बलियो बनाउन लाग्नेछौँ’ News Polar यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन News Polar कांग्रेस महाधिवेशन : उद्घाटनअघि खुलामञ्चतर्फ बढ्दै प्रतिनिधि र समर्थक News Polar सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद News Polar १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि खगेन्द्र आचार्यको उम्मेदवारी News Polar सुनचाँदीको मूल्य घट्यो

ज्याला नपाएपछि घर जान मुस्किल : ‘रित्तो हात फर्कन सकिन’

ज्याला नपाएपछि घर जान मुस्किल : ‘रित्तो हात फर्कन सकिन’
अ अ+ अ-

काठमाडौँ । आफूसँग काम गरिरहेका अधिकांश साथीभाइ धेरै दिन लगाएर पनि घर गइसके पनि दाङका कुलबहादुर बुढा भने जानुभएको छैन । उहाँजस्तै उपत्यकाका धेरै मजदुर खानको समस्या भएसँगै उपत्यका छाड्दा उहाँ समस्यै नभएर काठमाडौँ बस्नुभएको भने होइन । काम गरिरहेको कम्पनीले झण्डै छ महिना पहिलेदेखिको हिसाब नगरेकाले उहाँ मनोहरा पुल नजिकैको जस्ताले घेरिएको छाप्रोमा बस्दै आउनुभएको छ ।

त्यही छाप्रोमा उहाँ अरु चारजना साथीसँगै बस्दै आउनुभएको छ । ती पाँचैजनाको समस्या एउटै छ । घरमा रित्तो हात जान नसकेकाले निर्माण व्यवसायीले पैसा दिने आशा गरेर बसिरहेको उहाँले बताउनुभयो । उहाँ गत माघदेखि यहाँ खोला किनारामा पर्खाल लगाउने काम गर्दै आउनुभएको छ । ‘लकडाउन’ पहिले नै कतिपय साथी घर गए पनि उहाँ अवस्था सामान्य भएपछि काम गर्न पाइएला भन्दै आशा गर्दै बस्नुभयो । लकडाउनपछि भने निर्माण व्यवसायीले बाँकी हिसाब गर्छु भने पनि नगरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “छ महिना काम गरेको पैसा होस् भनेर रित्तो हात फर्कन सकिन ।”

उहाँ विगत दुई दशकदेखि काठमाडौँमा मजदुरी गरेर जीविकोपार्जन गर्दै आउनुभएको छ । यो लकडाउन शुरु भएपछि भने काम गर्न नपाएको बुढाले बताउनुभयो । दिनभर उसै बस्दा कमाइ नहुने मात्रै होइन दिन काट्न पनि गाह्रो भएको उहाँले बताउनुभयो । झण्डै एक साता पहिले ग्यास सकिएपछि अहिले दाउरामा खाना पकाउने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “खोला छेउमा कतै दाउराको टुक्रा भेटिए त्यही बटुलेर पकाउने गरेका छौँ ।”

कैलालीका जय सारुमगर पनि बुढासँगै एउटै छाप्रोमा बस्दै आउनुभएको छ । विदेश जानका लागि भन्दै छ महिना पहिले काठमाडौँ आउनुभएका उहाँ त्यतिबेलादेखि नै सडक निर्माणको काममा लाग्नुभयो । काम गर्दै प्रक्रिया अघि बढाउने सोच्नुभएका उहाँ विदेश त जान पाउनुभएन स्वदेशमै समेत गरिरहेको कामलाई निरन्तरता दिन सक्नुभएको छैन । अहिले आफूसँगै काम गरिरहेका १९ जना घर पुगिसकेको उहाँले बताउनुभयो । हिसाब बाँकी भएकै कारण उहाँले भने घर जाने योजना बनाउनुभएन ।

“साहुले बस्दै जानु केही समयमा लकडाउन पनि खुल्छ र काम हुन्छ भनेको थियो”, उहाँले भन्नुभयो, “अहिले न काम गर्न पाइयो न त बाँकी हिसाब नै पाइएको छ ।” वडा कार्यालयले दिएको राहतका खानेकुरा एक पटक पाएको भए पनि अहिले सकिनै लागेको उहाँले बताउनुभयो । राहतमा आएको चामल र दाल खाएरै उहाँहरु बस्दै आउनुभएको छ । साथमा पैसा नहुँदा तरकारी किनेरसमेत खान नसकिएको उहाँले बताउनुभयो । सँगै काम गर्ने साथी घर जान भन्दै पोको कस्दा उहाँलाई पनि जाउँजाउँ भन्ने नलागेको होइन तर यहाँ काम गरेको झण्डै दुई महिनाको ज्याला पाउन बाँकी भएकाले यतै बसेको उहाँले बताउनुभयो । पहिले समय–समयमा पैसा घर पठाउने गरे पनि लकडाउन पहिलेकै दुई महिनाको ज्याला नलिएकाले घर पठाउन नसकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “उता परिवारले कति न कमायो भन्ने सोचेको हुन्छ रित्तै हात जान मन लागेन ।”

लकडाउनको एक महिना पुग्नै लाग्दा काठमाडौँ उपत्यकामा मजदुरी गरेर जीविकोपार्जन गरेकाहरु सबैभन्दा मारमा परेका छन् । कतिपयले विभिन्न कारणले राहत पाएका छैनन् भने राहत पाएकाले पनि एक पटक दिइएको रासन सकिएको वा सकिनै लागेकाले फेरि पाइन्छ कि पाइँदैन भन्ने चिन्तामा छन् । नागरिकको स्वास्थ्य सुरक्षाका लागि सरकारले लकडाउन थप गरिरहँदा उनीहरुमध्ये धेरै घर गइसकेका छन् भने कतिपयले विभिन्न समस्याका कारण उपत्यका छाड्न सकेका छैनन् । असङ्गठित क्षेत्रमा काम गर्ने धेरै मजदुरले ‘लकडाउन’ का कारण रोजगारी गुमाएका छन् । विगतमा काम गरेको ज्यालासमेत नपाउँदा हिँडेरसमेत घर जान नपाएको उनीहरु गुनासो गर्छन् ।

नरेफाँटमै व्यक्तिगत जग्गामा छाप्रो बनाएर बसिरहेका राजेशकुमार यादव घर बनाउने ठाउँमा भारी बोक्दै आउनुभएको थियो । लकडाउनयता भने उहाँले काम गर्न पनि पाउनुभएको छैन र कमाइ पनि छैन । काठमाडौँ महानगरपालिका वडा नं ३२ बाट गत साता १० किलोग्राम चामल राहत पाउनुभएको थियो । उहाँसँगै बस्दै आएका सातजनाको समूहले दिनमा दुई पटक खाँदा तीन दिन पहिले नै चामल सकिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले नजिकैका घरमा मान्छेले दिएर खाइरहेका छौँ ।”

काठमाडौँ उपत्यकामा विगतमा सडक, पुललगायत पूर्वाधार निर्माण भएका कतिपय स्थलमा अहिले पनि मजदुर भेटिन्छन् । सरकारले कतिपय स्थानमा पूर्वाधार निर्माण शुरु गरे पनि अधिकांश स्थानमा ठप्प छ । काम गर्न नपाएका उनीहरु दिनभर गफ गरेरै दिन बिताउने गरेका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घले निर्माणस्थलमा रहेका मजदुरलाई खाद्यान्नको व्यवस्थापन गरिरहेको बताए पनि मजदुरले भने दिइएको खानेकुरा पर्याप्त नभएको बताउँदै आएका छन् ।