२३ आश्विन २०८१, बुधबार
,
Latest
दशैंको उल्लास, देशभर कहाँ के भइरहेको छ ? (फोटो फिचर) जग्गा, आवास व्यवस्था पुनरावलोकन गर्न कार्यदल गठन गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दशैं गीत सार्वजनिक अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ फूलपातीदेखि चितवन निकुञ्जभित्र जीप सफारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस कारण २ दिन इन्टरनेट बन्द हुनसक्ने



अ+ अ-

काठमाडौं । इन्टरनेट प्रयोगकर्ताको लागि आउने २ दिन समस्या पर्ने देखिएको छ । आगामी २ दिन विश्वभरको इन्टरनेट सर्भिसमा बाधा आउन सक्ने अन्तराष्ट्रीय सञ्चारमाध्यामहरुले जनाएका छन् । ‘रसिया टुडे’को रिपोर्टअनुसार मेन डोमेन सर्भर र योसँग जोडिएको नेटर्वक इन्फ्रास्ट्रक्चर केहि समयको लागि बन्द हुने भएकोले इन्टरनेटमा समास्या देखिन लागेको हो ।

रिपोर्टका अनुसार ‘द कर्पोरेसन अफ असाइन्ड एण्ड नम्बर्स’ लाई यो समयमा मर्मतका कामहरु गर्नुपर्ने छ । ‘द कर्पोरेसन अफ असाइन्ड एण्ड नम्बर्स’ले क्रिप्टोग्राफिक की लाई बदल्न लागेको छ । जसले इंटरनेटको एड्रेस बुक वा डोमेन नेम सिस्टम (डिएनएस) लाई सुरक्षित बनाउँछ ।

कम्युनिकेशन रेगुलारिटी अथोरिटीले भनेको छ, ‘यदि इंटरनेट प्रयोगकर्ताले नेटवर्क अपरेटर वा इंटरनेट प्रोभाइडरहरु यो यसको लागि तयार भएनन् भने इंटरनेट सेवा सुचारु हुनपनि सक्छन् । जबकी उचित सिस्टर सेक्युरिटी एक्सटेनसनलाई सुचारु गरेको खण्डमा भने यसको असरबाट बचाउन सकिन्छ ।’

साइबर घटनाको बढ्दो आक्रमणलाई मध्यनजर गर्दै विश्वभरको इंटरनेट २ दिन यानिकी ४८ घण्टाको लागि बन्द गरिने ‘द कर्पोरेसन अफ असाइन्ड एण्ड नम्बर्स’ले जनाएको छ । कम्युनिकेशन रेगुलारिटी अथोरिटीका अनुसार डिएनएसलाई सुरक्षित बनाउनको लागि विश्वभरको इंटरनेट सटडाउनु हुनु जरुरी छ ।