१९ मंसिर २०८२, शुक्रबार
,
Latest
अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ? अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेन-जी आन्दोलनले नयाँ परिवर्तन ल्यायोः महान्यायाधिवक्ता भण्डारी



अ+ अ-

काठमाडौँ ।  महान्यायाधिवक्ता सविता भण्डारी बरालले जेन—जी आन्दोलनले देशमा परिवर्तन ल्याएको बताउनुभएको छ ।

आईतवार काठमाडौमा आयोजित कार्यक्रममा उहाँले जेन—जीहरुले बलिदानीका कारण परिवर्तन आएको बताउनुभएको हो । भ्रष्टाचार विरुद्ध आन्दोलनमा उत्रेका युवाहरुले गोली खानुपरेको उहाँको भनाई छ । जेन—जी पुस्ताले व्यक्तिगत स्वार्थका लागि नभई देश र समाजमा सुशासन स्थापित होस् भन्ने उद्देश्यले आन्दोलन गरेको उहाँले बताउनु भयो । आन्दोलनमा सहभागी युवाहरुले जागिर पाउन आफ्नो ‘मान्छे खोज्न नपरोस्’, योग्यताको कदर होस् र विदेशिनुपर्ने बाध्यता अन्त्य होस् भन्ने माग राखेको उहाँको भनाई छ । उहाँले जेन—जीहरुले आन्दोलन गरेपनि पदमा भने आफूहरु पुगेको बताउनु भयो । जेन—जी पुस्तालाई पदमा पुग्न रहर नभएको पनि उहाँको दाबी छ ।

उहाँले भन्नुभयो, ‘के भनेका थिए त ती जेनजीले, के मागेका थिए त, खाली भ्रष्टाचार र एउटा सुशासनको कुरा न गरेका थिए, उनीहरुले । त्यही पनि उनीहरुको लागि भनेकै थिएनन्, त्यो बेला । अहिले देख्नुहुन्छ तपाईहरु उनीहरुले आन्दोलन गरे तर पदमा जाने त हामी पो भएछौँ । उनीहरु त छैनन् त । उनीहरुले मागेका थिए खाली सुशासन होस्, हामी बाहिर जान नपरोस् । भ्रष्टाचारको अन्त्य होस् । आज माग्दाखेरी गोली खाए । र गोली खाएपछि नयाँ परिवर्तन आएको छ । त्यसैले म हरेक अभिभावकलाई छातीमा हात राखेर भन्नुुस्, म अनुरोध गर्छु । के ती बच्चाहरुले आफ्ना लागी आन्दोलन गरेका थिए त ? होईन, देशका लागी आन्दोलन गरेका थिए । उनीहरुलाई केही चाहिएकै थिएन् । उनीहरुले खाली हामी विदेश जान नपरोस्, हामीले हाम्रो मान्छे भनेर खोजेर जागिर खान नपरोस्, योग्यताको कदर होस् । भन्ने किसिमले माग गरेका आएका थिए ।’ 

उहाँले आन्दोलनका क्रममा जेन—जीहरुले सार्वजानिक सम्पती नजलाएको पनि दाबी गर्नुभयो । जेन—जीहरुको सार्वजानिक सम्पतीमा क्षति गर्छन् भन्ने सोच्न समेत नसकिने उहाँको भनाई छ । जेल ब्रेक भएपछि त्यहाँबाट भागेर आएका कैदीहरुले सरकारी वकिल कार्यलय र अदालतमा आक्रमण गरेको उहाँले दाबी गर्नुभयो ।