१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत

राजनीतिक दलहरु आफ्नै कारणले विस्थापित हुँदैछन्ः उपाध्यक्ष खतिवडा

राजनीतिक दलहरु आफ्नै कारणले विस्थापित हुँदैछन्ः उपाध्यक्ष खतिवडा
अ अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष जगन्नाथ खतिवडाले राजनीतिक दलहरु आफ्नै कारणले विस्थापित भइरहेको बताउनुभएको छ ।

आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मुलुकको परिवर्तन गर्ने गणतन्त्र ल्याउने, समाजवादको दिशामा जाने राजनीतिक दलहरुलाई अहिले जनताले मन पराउन छोडेको बताउनु भयो । यसको कारण नेताहरुको व्यवहार र कार्यशैली रहेको बताउनु भयो ।

उहाँले कम्युनिष्ट पार्टी वितृष्णा, निषेध र समाप्तिको डिलमा पुग्नुको कारण नेताहरुको चरित्र र काम नै रहेको बताउनु भयो । सत्तामा पुगेपछि वर्ग संघर्षलाई जोड नदिनुको परिणाम आज देखिएको उहाँको टिप्पणी छ । सत्ता संघर्षका लागि सारै तिब्र भएर लाग्ने, सत्तामा पुगेपछि सत्तामा टिक्न झनै व्यघ्र भएर लाग्ने तर जुन वर्गको प्रतिनिधित्व गरेर आउने हो त्यसको उत्थानका लागि कहिल्यै नलाग्दा श्रमजीवि वर्ग टाढिँदै गएको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘समग्रमा दलहरु विस्थापित भएको, काँग्रेस पुँजीवादी जुनसुकै दल हुन्, उनीहरु यति धेरै विस्थापित भएका छन्, त्यसमध्ये सबैभन्दा डरलाग्दो कुरा मुलुकको परिवर्तन गर्ने गणतन्त्र ल्याउने, समाजवादको दिशामा जाने, समाजको क्रान्तिकारी वर्ग चेतनाले लेस भएको क्रान्तिकारी कम्युनिष्ट पार्टीमा यति धेरै वितृष्णा, यति धेरै निषेध, यति धेरै समाप्तिको डिलमा पुगेको छ भन्ने स्थिति अर्काको कारणले होइन, हाम्रै कारणले हो । अरु कसैलाई दोष दिन सकिँदैन । हामीभित्र मेरो, मेरो पार्टीको कति अंश छ त्यो खोज्न सकिन्छ । हामीले कहिले पनि सत्तामा पुगेपछि वर्ग संघर्षलाई जोड दिएनौँ । सत्ता संघर्षका लागि सारै तिब्र भएर लाग्यौँ । सत्तामा पुगेपछि सत्तामा टिक्न झनै व्यघ्र भएर लाग्यौँ । तर जुन वर्गको प्रतिनिधित्व गरेर आउँथ्यौँ, त्यो वर्गको उत्थान गर्न कहिल्यै लागेनौँ । वर्ग हामीबाट टाढा हुँदै गयो ।’

उपाध्यक्ष खतिवडाले सत्तामा पुगेपछि समाजवादी अर्थतन्त्रको ढाँचा निर्माण गर्न कुनै काम नभएको बताउनु भयो ।