२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ला लिगा फुटबलः बार्सिलोनाको सहज जित



अ+ अ-

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत बार्सिलोनाले सानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले ओसासुनालाई ४-० गोलले पराजित गरेको हो । 

घरेलु मैदान क्याम्प नोउमा बार्सिलोनालाई जित दिलाउन फेरान टोरेसले २ गोल गरे भने पिएरे एम्रिक अउबामेयाङ र रिकी पुइगले एक-एक गोल गरे । 

खेलको १४ औं मिनेटमा टोरेसले पेनाल्टीमार्फत गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि २१ औं मिनेटमा टोरेसले नै व्यक्तिगत तथा टिमका लागि दोस्रो गोल गरे । 

२७ औं मिनेटमा अउबामेयाङले गोल गर्दा बार्सिलोनाले पहिलो हाफमै ३ गोलको अग्रता बनायो । यस्तै, खेलको ७५ औं मिनेटमा रिकी पुइगले गोल गर्दै बार्सिलोनालाई सानदार जित दिलाए । 

जितसँगै २७ खेलबाट ५१ अंकसहित बार्सिलोना तालिकाको तेस्रो स्थानमा रहेको छ भने २८ खेलबाट ३५ अंकसहित ओसासुना ११ औं स्थानमा छ ।