१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

ला लिगा फुटबलः बार्सिलोनाको सहज जित



अ+ अ-

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत बार्सिलोनाले सानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले ओसासुनालाई ४-० गोलले पराजित गरेको हो । 

घरेलु मैदान क्याम्प नोउमा बार्सिलोनालाई जित दिलाउन फेरान टोरेसले २ गोल गरे भने पिएरे एम्रिक अउबामेयाङ र रिकी पुइगले एक-एक गोल गरे । 

खेलको १४ औं मिनेटमा टोरेसले पेनाल्टीमार्फत गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि २१ औं मिनेटमा टोरेसले नै व्यक्तिगत तथा टिमका लागि दोस्रो गोल गरे । 

२७ औं मिनेटमा अउबामेयाङले गोल गर्दा बार्सिलोनाले पहिलो हाफमै ३ गोलको अग्रता बनायो । यस्तै, खेलको ७५ औं मिनेटमा रिकी पुइगले गोल गर्दै बार्सिलोनालाई सानदार जित दिलाए । 

जितसँगै २७ खेलबाट ५१ अंकसहित बार्सिलोना तालिकाको तेस्रो स्थानमा रहेको छ भने २८ खेलबाट ३५ अंकसहित ओसासुना ११ औं स्थानमा छ ।