२४ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रपतिद्वारा भोटेकोशी बाढी प्रभावितको व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाउन सरकारलाई आग्रह नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ सदनमा प्रस्तुत नागरिकको आक्रोशलाई राज्यविरुद्धको प्रहार नठान्न रविको आग्रह हिमाल र हिमनदी निगरानीलाई राष्ट्रिय प्राथमिकता बनाउन सांसद राणाको माग साइबर बुलिङ गर्ने रास्वपा सदस्यलाई साधारण सदस्यबाटै हटाइने लामिछानेको चेतावनी भोटेकोसी बाढीका मृतकलाई ‘जलवायु अन्यायपीडित’ भन्दै न्यायका लागि पहल गर्ने लामिछानेको प्रतिबद्धता विपत्तिमा खिचातानी छाडेर राष्ट्रिय एकतामा जुट्न लामिछानेको आह्वान बाढी प्रतिकार्यमा सरकारको कामप्रति रवि लामिछाने सन्तुष्ट, भने– ‘प्रश्न गर्ने ठाउँ देखिनँ’ भोटेकोशी बाढीमा जलविद्युत् कर्मचारी उद्धार प्रभावकारी बनाउन सरकारसँग ठगुन्नाको आग्रह जेन–जीले परिकल्पना गरेको समाज निर्माण गर्न सक्यौँ कि सकेनौँ, गम्भीर समीक्षा गरौँ : अर्जुननरसिंह केसी
तपाईं के खोज्दै हुनुहुन्छ ?

युनिटी कप टी–२०ः नेपाली खेलाडीले यूएईको भिसा पाए, सोमबार प्रस्थान गर्ने



अ+ अ-

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)ले युनिटी कप टी–२० आई सिरिज खेल्न जाने नेपाली क्रिकेट टोलीलाई भिसा उपलब्ध गराएको छ ।

यूएईले आसन्न नेपाल र वेस्ट इन्डिजको क्रिकेट सिरिजका लागि नेपाली खेलाडीहरूलाई भिसा दिएको नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको हो ।

क्यानका प्रवक्ता छुम्बी लामाले एक विज्ञप्ती जारी गर्दै क्रिकेट टोलीले भिसा पाएको र सोमबार त्यसतर्फ प्रस्थान गर्ने जानकारी दिए ।

नेपालमा जेनजी आन्दोलनकै क्रममा हजारौं कैदीहरू जेलबाट निस्किएपछि यूएईले नेपालीहरूलाई भिजिट भिसा दिन रोकेको छ । जसको कारण युएईले नेपाली क्रिकेट टोलीलाई भिसा दिन अस्वीकार गरेको थियो ।

युएईको शारजहामा हुने वेस्ट इन्डिजविरुद्धको खेल खेल्न नेपाली टोली शुक्रबार जाने तालिका थियो । तर, भिसा नलागेपछि खेलाडीहरु रोकिएका थिए ।

नियमित प्रक्रियाबाट भिसा नआएपछि क्यानले इमरेट्स क्रिकेट बोर्ड र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) सँग भिसाको लागि पहल गरेको थियो ।

नेपालले २७, २९ र ३० सेप्टेम्बरमा वेस्ट इन्डिजसँग टी-२० सिरिज खेल्ने तालिका रहेको छ ।