२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

युनिटी कप टी–२०: नेपाली खेलाडीलाई भिसा दिन यूएई सकारात्मक



अ+ अ-

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)ले युनिटी कप टी–२० आई सिरिज खेल्न जाने नेपाली क्रिकेट टोलीलाई भिसा दिन सकारात्मक प्रतिक्रिया दिएको छ ।

यूएईले आसन्न नेपाल र वेस्ट इन्डिजको क्रिकेट सिरिजका लागि नेपाली खेलाडीहरूलाई भिसा दिने संकेत गरेको हो ।

नेपालमा जेनजी आन्दोलनकै क्रममा हजारौं कैदीहरू जेलबाट निस्किएपछि यूएईले नेपालीहरूलाई भिजिट भिसा दिन रोकेको छ । यसको प्रभाव खेलाडिहरुमा परेको छ । युएईको शारजहामा हुने वेस्ट इन्डिजविरुद्धको खेल खेल्न जाने शुक्रबारको तालिका भएपनि भिसा नलागेपछि खेलाडीहरु रोकिएका हुन् । नेपालले २७, २९ र ३० सेप्टेम्बरमा वेस्ट इन्डिजसँग टी-२० सिरिज खेल्ने तालिका रहेको छ ।

नियमित प्रक्रियाबाट भिसा नआएपछि क्यानले इमरेट्स क्रिकेट बोर्ड र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) मा समेत पहल गरेको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।

यूएईको बोर्डबाट भिसा प्राप्त हुने प्रत्याभूति गराइएको उनले बताए । उनले भने, ‘‘भिसा आउने कुरामा निश्चिन्त छौं । सिरिज निर्धारित तालिकामा नै आयोजना हुन्छ । भिसा आउनेबित्तिकै क्रिकेट टोली युएई उड्नेछ’।