२४ भाद्र २०८३, बुधबार
,
Latest
विश्वमै असामान्य विपत्ति हो भोटेकोशी बाढी : टनेल विशेषज्ञ डिक्स राष्ट्रपतिद्वारा भोटेकोशी बाढी प्रभावितको व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाउन सरकारलाई आग्रह नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ सदनमा प्रस्तुत नागरिकको आक्रोशलाई राज्यविरुद्धको प्रहार नठान्न रविको आग्रह हिमाल र हिमनदी निगरानीलाई राष्ट्रिय प्राथमिकता बनाउन सांसद राणाको माग साइबर बुलिङ गर्ने रास्वपा सदस्यलाई साधारण सदस्यबाटै हटाइने लामिछानेको चेतावनी भोटेकोसी बाढीका मृतकलाई ‘जलवायु अन्यायपीडित’ भन्दै न्यायका लागि पहल गर्ने लामिछानेको प्रतिबद्धता विपत्तिमा खिचातानी छाडेर राष्ट्रिय एकतामा जुट्न लामिछानेको आह्वान बाढी प्रतिकार्यमा सरकारको कामप्रति रवि लामिछाने सन्तुष्ट, भने– ‘प्रश्न गर्ने ठाउँ देखिनँ’ भोटेकोशी बाढीमा जलविद्युत् कर्मचारी उद्धार प्रभावकारी बनाउन सरकारसँग ठगुन्नाको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

युनिटी कप टी–२०: नेपाली खेलाडीलाई भिसा दिन यूएई सकारात्मक



अ+ अ-

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)ले युनिटी कप टी–२० आई सिरिज खेल्न जाने नेपाली क्रिकेट टोलीलाई भिसा दिन सकारात्मक प्रतिक्रिया दिएको छ ।

यूएईले आसन्न नेपाल र वेस्ट इन्डिजको क्रिकेट सिरिजका लागि नेपाली खेलाडीहरूलाई भिसा दिने संकेत गरेको हो ।

नेपालमा जेनजी आन्दोलनकै क्रममा हजारौं कैदीहरू जेलबाट निस्किएपछि यूएईले नेपालीहरूलाई भिजिट भिसा दिन रोकेको छ । यसको प्रभाव खेलाडिहरुमा परेको छ । युएईको शारजहामा हुने वेस्ट इन्डिजविरुद्धको खेल खेल्न जाने शुक्रबारको तालिका भएपनि भिसा नलागेपछि खेलाडीहरु रोकिएका हुन् । नेपालले २७, २९ र ३० सेप्टेम्बरमा वेस्ट इन्डिजसँग टी-२० सिरिज खेल्ने तालिका रहेको छ ।

नियमित प्रक्रियाबाट भिसा नआएपछि क्यानले इमरेट्स क्रिकेट बोर्ड र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) मा समेत पहल गरेको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।

यूएईको बोर्डबाट भिसा प्राप्त हुने प्रत्याभूति गराइएको उनले बताए । उनले भने, ‘‘भिसा आउने कुरामा निश्चिन्त छौं । सिरिज निर्धारित तालिकामा नै आयोजना हुन्छ । भिसा आउनेबित्तिकै क्रिकेट टोली युएई उड्नेछ’।