२३ श्रावण २०८३, शनिबार
,
Latest
टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय र पर्यटकीय गतिविधि बन्द वाग्मती सफाइ अभियानः आज चार मेट्रिकटन नकुहिने फोहर सङ्कलन जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा थाइल्याण्डको विद्यालयमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या सात पुग्यो ‘इमान्दार कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षा म गर्छु, भाग्नेलाई ठाउँ छैन’: अध्यक्ष लिङदेन चार क्विन्टल गाँजासहित चार जना पक्राउ मुलुक गम्भीर संकटमा छ, विकल्पका रूपमा राप्रपा बलियो हुनुपर्छः अध्यक्ष लिङदेन संसदको जवाफ सञ्जालबाट, ‘अन-लाइन’ छोडेर लाइनमा जनता
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशका विभिन्न ठाउँमा सडक अवरुद्ध



अ+ अ-

काठमाडौँ । आज पनि देशका विभिन्न सात ठाउँमा सडक अवरुद्ध भएका छन् । नेपाल प्रहरीका अनुसार अहिले जाजरकोट–डोल्पा खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । आज बिहान जाजरकोटको नलगाड नगरपालिका–११ भिरकुनास्थित जाजरकोट–डोल्पा खण्डमा माथिबाट ढुङ्गा, माटोसहितको सुक्खा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, म्याग्दी बेनी–दरवाङ खण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार आज बिहान ५ः२५ बजे म्याग्दीको बेनी नगरपालिका–४ घुमाउने भिरस्थित बेनी–दरवाङ खण्डमा माथिबाट लेदो, माटोसहितको पहिरो खसेर सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।

चितवनको मुग्लिङ–नारायणगढ खण्डको तुइन खोलामा माथिबाट सुक्खा पहिरो खसेर दुई दिनदेखि बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ । यही असोज ३ गते साँझ ६ः२५ बजे चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा पहिरो खसेको थियो । उक्त स्थानमा पटकपटक पहिरो खसिरहेकाले पन्छाउन पनि समस्या भइरहेको प्रहरी नायब महानिरीक्षक घिमिरेले जानकारी दिनुभयो ।

“उक्त खण्डमा पटकपटक पहिरो जाने समस्या छ । शुक्रदेखि निरन्तर खसेको पहिरो पन्छाउने क्रम जारी रहेकाले आज दिउँसोसम्ममा सडक सञ्चालनमा ल्याउने प्रयासमा छौँ । माथिबाट पहिरो खस्न पनि रोकिएको छैन”, उहाँले भन्नुभयो ।

बाढीका कारण रसुवास्थित नेपाल र चीन नाका जोड्ने मितेरी पुलमा क्षति भएकाले सवारी आवागमनमा समस्या भएको प्रहरीले जनाएको छ । उक्त क्षेत्रमा बाढी आइरहेकाले गोसाइँकुण्ड गाउँपालिका–२ स्थित नेपाल र चीन नाका जोड्ने पुलमा क्षति भई सवारीसाधन आवतजावत बन्द भएको प्रहरी नायब महानिरीक्षक घिमिरेले जानकारी दिनुभयो ।

त्यस्तै, रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–६ स्थितमा जाजरकोट–डोल्पा खण्ड (भेरी करिडोर) अवरुद्ध रहेको प्रहरीले जनाएको छ । भोटेकोशीको कोदारीमा पहिरो खस्दा अरनिको राजमार्ग पनि पूर्ण अवरुद्ध रहेको प्रवक्ता घिमिरेले बताउनुभयो ।

मनसुन अवधिभर बिपी राजमार्ग रातिको समयमा बन्द रहने 

मनसुन सक्रिय भएकाले वर्षात्का कारण विपद्को घटना हुन नदिनका लागि बिपी राजमार्गमा रातिमा सवारी आवागमन बन्द गरिएको छ । अर्को सूचना नआएसम्म प्रत्येक दिन बेलुका ८ः०० देखि बिहान ५ः०० बजेसम्म बिपी राजमार्गमा भाडाका सवारीसाधन आवागमनमा रोक लगाइएको हो । अन्य निजी सवारीसाधन सञ्चालन रहेको प्रहरीले जनाएको छ ।