१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत

सरकारी र निजी सम्पतीमाथि भएको आक्रमण लोकतान्त्रिक मूल्य र मान्यता विपरितः काँग्रेस प्रवक्ता महत

सरकारी र निजी सम्पतीमाथि भएको आक्रमण लोकतान्त्रिक मूल्य र मान्यता विपरितः काँग्रेस प्रवक्ता महत
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जेन जी आन्दोलनमा सरकारी र निजी सम्पतीमाथि भएको आक्रमण लोकतान्त्रिक मूल्य र मान्यतामाथिको आक्रमण भएको दाबी गर्नुभएको छ ।

आईतवार महाराजगञ्जस्थित निजी निवासमा पत्रकारसँगको भेटघाटमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अधिकारका लागि लढ्दा ज्यान गुमाउने कुरा धेरै दुःखद् भएको बताउनु भयो । नवयुवा पुस्ताले उठाएका सुशासन र अभिव्यक्तिको स्वतन्त्राको विषय नराम्रो नरहेको बताउनु भयो । उहाँले देशका सम्पतीहरु नष्ट गर्न लोकतन्त्र विरोधी, अभिव्यक्ति विरोधी, देश र जनताको प्रगतिमा पनि इष्या गर्ने प्रवृत्तिहरु सामेल भएको जिकिर गर्नुभयो । शासन सञ्चालन गर्ने क्रममा राजनीतिक दलहरुबाट कमजोरी भएको स्वीकार गर्दै नेतृत्व तहबाट भएका कमजोरीलाई कानूनसम्मत ढंगबाट हटाउन सकिने बताउनु भयो । जनप्रतिनिधिहरुको संस्था संसद विघटन हुनु नराम्रो भएको बताउनु भयो । लोकतान्त्रिक, संवैधानिक व्यवस्थामा उभिएर नै भएका कमी कमजोरी हटाउन सकिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो आक्रमण भनेको लोकतान्त्रिक मूल्य र मान्यतामाथिको आक्रमण हो । जो अधिकारका लागि लडे त्यसका खिलाफ पनि जुन किसिमको अभिव्यक्ति आयो, घटना भयो । त्यो दुःखद् छ । नवयुवा पुस्ताले जुन सुशासन र अभिव्यक्तिको स्वतन्त्राको विषय उठाएका थिए यो उनीहरुले चाहेको कुरा थिएन । यो लोकतन्त्र विरोधी, अभिव्यक्ति विरोधी, देश र जनताको प्रगतिमा पनि इष्या गर्ने प्रवृत्ति यसमा सामेल छन् । लोकतान्त्रिक व्यवस्थालाई हामीले जुन संस्थागत गर्ने कोशिस गरिरहेका छौँ, त्यसमाथि नै आक्रमण भएको छ । यो शासन क्रममा पार्टीहरुबाट कमी, कमजोरी भएका छन् । त्यसलाई नेतृत्व तहबाट कमजोरीलाई कानूनसम्मत ढंगबाट राज्य पार्टीको विधानमार्फत नै हल खोज्ने व्यवस्था नै लोकतान्त्रिक व्यवस्था हो । त्यो भन्दा अर्को माध्यमबाट न्याय हुन सक्दैन । जनप्रतिनिधिहरुको संस्था संसद विघटन भयो, त्यसको हामीले विरोध गरेका हौँ । लोकतान्त्रिक, संवैधानिक व्यवस्थामा उभिएर नै हामीले भएका कमी कमजोरी हटाउन सक्छौँ । देशमा सुशासन सुनिश्चित गर्नसक्छौँ । त्यो भन्दा अर्को बाटो छैन ।’

प्रवक्ता महतले दुवै दिनको घटनाको गम्भीर छानविन गरी दोषीउपर कारबाही हुनुपर्ने बताउनु भयो । अन्तरिम सरकारलाई संविधानसम्मत बनाउन सकिने भएपनि त्यो हुन नसकेको बताउनु भयो । अब आउने दिनलाई लोकतान्त्रिक मूल्य र मान्यतमाथि आक्रमण गर्ने प्रवृत्तिबाट जोगाउनु नै अबको जिम्मेवारी हुने बताउनु भयो । देशमा सुशासन र भ्रष्टाचारमुक्त समाज निर्माण गर्न जरुरी रहेको बताउनु भयो । पार्टीमा रहेका सबै नेताहरु भ्रष्ट र गलत हुन् भन्ने भाष्य स्थापित गर्न खोजिएको भन्दै त्यो सरासर गलत भएको दाबी गर्नुभयो । देश र जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्ने नेताहरु पनि धेरै रहेको भन्दै यसलाई बिर्सन नहुने जिकिर गर्नुभयो । जनता भन्दा दोस्रो निर्णायक हुन नसक्ने बताउनु भयो । सबै मिलेर देशलाई मजबुत गर्नुपर्ने र लोकतान्त्रिक संस्थालाई बलियो बनाउनुपर्ने बताउनु भयो ।

प्रवक्ता महतले सहज हुँदा प्रशंसा र अफ्ठ्यारोमा गालीगलौजको वर्षा गर्ने कुरा उपयुक्त नहुने भन्दै सन्तुलित र संयम हुन आग्रह गर्नुभयो । देश अहिले अफ्ठ्यारो परिवेशमा रहेको भन्दै सहज परिस्थितिमा लैजान जरुरी रहेको बताउनु भयो । जेन जी पुस्ताको आन्दोलनका क्रममा प्रवक्ता महतको घर पनि आन्दोलनकारीले आगजनी र तोडफोड गरेका छन् । उक्त घर आफूले अध्ययन गरेर कमाएको पैसाबाट बनाएको जिकिर गर्नुभयो । आफू पदमा पुगेको बेलामा देश र जनतालाई केन्द्रबिन्दुमा राखेर काम गरेको दाबी गर्नुभयो ।