२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुग्लिन–नारायणगढ सडकखण्ड आज पनि रातभर नखुल्ने



अ+ अ-

काठमाडौं । निरन्तर पहिरो गइरहेका कारण मुग्लिन–नारायणगढ सडकखण्ड आज पनि रातभर नखुल्ने भएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार साँझसम्म पनि निरन्तर पहिरो गइरहेका कारण पन्छाउन नसकिएको आज पनि रातभर नखुल्ने भएको जानकारी गराएको छ । कार्यालयका अनुसार भोलि बिहान ४–५ बजेबाटै काम सुरु हुने र आजका लागि पहिरो पन्छाउने काम पनि रोकिएको छ ।

चितवनको इच्छाकामना गाउँपालिकास्थित तुइन खोलामा शुक्रबारदेखि निरन्तर पहिरो खसिरहेको छ । शुक्रबार रातिदेखि नै सडक अवरुद्ध हुँदा सडकमा धेरै सवारी र मानिसहरू अलपत्र परेका छन् ।

सडक डिभिजन कार्यालयले आफ्नो सामाजिक संञ्जालमा यस्तो जानकारी गराएको छ-

मिति २०८२/०६/०४ गते । हिजाे साँझ करिब ६:३० बजे देखि मुग्लिन नारायणगढ सडक खण्डको तुईन खाेला पुल नजिकै निरन्तर झरेको पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्द भएको सर्वविदितै छ । मुग्लिन तर्फबाट ढुंगा खस्ने क्रम निरन्तर भईरहेकाे हुँदा हामिसँग ४ वटा लोडर र १ वटा Excavator भएपनि सुरक्षाको दृष्टिकोणले निर्वाध रूपमा पहिरो हटाउनकाे लागि दिनभरि नै समस्या भईरहेकाे थियाे ।

नारायणगढतर्फ बाट मात्र १ वटा loader, १ वटा Excavator मुग्लिनतर्फ बाट २ वटा loader, १ वटा excavator निरन्तर रूपमा परिचालन गरि पहिरो हटाउने कार्य हुँदाहुँदै पनि थप पहिरो खस्ने क्रम नराेकिएकाे हुँदा पहिरो पन्छाउने क्रममा माथिबाट ढुंगाहरू खसी झण्डै excavator operator ठुलो दुर्घटना हुनबाट जाेगियाे । पहिराे खस्ने जाेखिम कायमै रहेकोले रातको समयमा माथिबाट झरेको ढुंगा/पहिरो नदेखिने साथै सुरक्षाको दृष्टिकोणले पहिरो हटाउन संभव पनि नभएकोले संभव भएसम्म सबै उपकरणहरू प्रयोग गरि पहिरो हटाउन र छिटोभन्दा छिटो सवारी आवागमन सुचारू गर्नेमा हामी प्रतिबद्ध रहेको व्यहोरा अनुरोध छ।

तसर्थ भाेलि बिहानै करिब ४:०० बजेतिर (झिसमिसे उज्यालोमा) पहिरो हटाउने कार्य सुचारू गरिनेछ । सडकमा राेकिएका सवारीसाधनहरू लेन अनुशासनमा राख्नुहुन र यात्रुमहानुभावहरू सावधानीपुर्वक सुरक्षित स्थानतिर गइदिनुहुन समेत हार्दिक अनुरोध गरिन्छ वैकल्पिक मार्गबारेमा पनि केहीबेरमा यसै पेजमा Update गरिने छ । यात्रु महानुभावहरूमा पर्न गएको असुविधा प्रति क्षमा प्रार्थि छाैं । धन्यवाद