२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुग्लिन–नारायणगढ सडकखण्ड अझै खुलेन, यात्रु रातभर सडकमै, वैकल्पिक सडक प्रयोग गर्न सडक डिभिजन भरतपुरको आग्रह



अ+ अ-

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिकाको तुइन खोला छेउमा हिजो साँझदेखि झरेको पहिरो अझै रोकिएको छैन । ठूलो पहिरो खसेपछि मुग्लिन–नारायणगढ सडकखण्डमा दुईतर्फी आवागमन अवरुद्ध भएको छ ।

मुग्लिन–नारायणघाट सडक खण्ड को मुग्लिन नजिकै तुइन खोला छेउमा हिजो साँझदेखि पहिरो भरेको हो । पहिरो रातभरि पनि झर्ने क्रम नरोकिएकाले सवारी आवागमन दुवैतर्फ ठप्प भएको छ ।

दिउँसो देखिनै लगातार हल्का वर्षा भएको त्यस क्षेत्रमा साँझ भीर नै सडकमा खसेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

पहिरो झर्ने क्रम अझै पनि जारी छ । तथापी हाल २ वटा लोडर परिचालनको लागि तयारी अवस्थामा राखिएको छ भने एउटा एक्साभेटर पनि साइटतर्फ जाँदै गरेको सडक डिभिजन भरतपुरले जनाएको छ ।

राजमार्गमा प्रहरीले माइकिङ गरेर यथास्थानमा सुरक्षित बस्न सवारी चालक र यात्रुहरूलाई आग्रह गरेको थियो ।

काठमाडौं र पोखराबाट चितवनतर्फ जाने सवारी साधन रोकिँदा तुइनखोलाभन्दा केही वरदेखि मुग्लिन बजारसम्मै सवारी साधनको जाम लागेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले नारायणगढतिरबाट मुग्लिनतिर आउन लागेका र काठमाडौं तथा पोखरातिरबाट नारायणगढतर्फ जान लागेका सवारी साधनलाई सुरक्षित स्थानमा रोकिन आग्रह गरेको छ ।

सूरक्षालाई मध्यनजर गरि पहिरो झर्न रोकिएपछि क्रमश: यथाशक्य छिटोभन्दा छिटो आवागमन सूचारू गरिने सडक डिभिजन कार्यालयले जनाएको छ ।

सडक खुलाउन कति समय लाग्छ भन्ने यकिन नभएकाले वैकल्पिक सडकको प्रयोग गर्न समेत सडक डिभिजन कार्यालय भरतपुले जनाएको छ ।