३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल बङ्गलादेशसँग पराजित



अ+ अ-

काठमाडौँ। दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु-१७ च्याम्पियनसिपमा नेपाल बङ्गलादेशसँग पराजित भएको हो ।

श्रीलङ्काको कोलोम्बोमा आज सम्पन्न खेलमा बङ्गलादेशसँग नेपाल ४-० गोलअन्तरले पराजित भएको हो । बङ्गलादेशको जितमा सबिर इस्लाम, ओपु रहमान, मोहम्मद आरिफ र मोहम्मद मानिकले समान एक/एक गोल गरे ।

जितसँगै तीन अङ्क जोडेको बङ्गलादेश समूह ‘बी’ को शीर्ष स्थानमा उक्लिएको छ । त्यस्तै पराजित नेपाल दुई खेलबाट तीन अङ्कका साथ दोस्रो स्थानमा छ । पहिलो खेलमा नेपालले श्रीलङ्कालाई २–० ले पराजित गरेको थियो ।

प्रतियोगितामा विभिन्न सात राष्ट्रको सहभागिता छ । जसमा नेपाल, श्रीलङ्का र बङ्गलादेश समूह ‘ए’ मा छन् भने भारत, पाकिस्तान, माल्दिभ्स र भुटान समूह ‘बी’ मा छन् ।