काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सैनिक ब्यारेकबाट फर्किएका छन् । जेनजी प्रदर्शनका क्रममा उनी नेपाली सेनाबाट सुरक्षाका निम्ति सैनिक ब्यारेकमा बस्दै आएका थिए ।
प्रधानमन्त्री पदबाट राजीनामा दिएर गत २४ भदौदेखि ब्यारेकमा बस्दै आएका ओली बाहिर आएका हुन् ।
स्रोतका अनुसार ओली भक्तपुरको गुण्डु सरेका छन् । त्यहाँ उनका निम्ति भाडाको घर लिइएको छ । बालकोटस्थित ओलीको घर भने प्रदर्शनकारीबाट तोडफोड र आगजनीबाट ध्वस्त बनेको छ । जसकारण बालकोटको घर जलेकाले ओली गुण्डु सरेका हुन् ।










