५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar प्रधानमन्त्री शाहसँग कांग्रेसका नेताहरूको भेट, के भयो कुरा ? News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै

प्रहरी कार्यालयहरुको मर्मतमा जुटे स्थानीयवासी

प्रहरी कार्यालयहरुको मर्मतमा जुटे स्थानीयवासी
अ+ अ-

भक्तपुर । जेनजी प्रदर्शनका क्रममा गत भदौ २४ गते जलाइएका भक्तपुरका दुई प्रहरी वृत्तसहित १७ वटा प्रहरी प्रभाग एवं एकाइहरु स्थानीयको आर्थिक सहयोगमा धमाधम मर्मत गरिएका छन् ।

जगाती प्रहरी वृत्त र थिमि प्रहरी वृत्तको मर्मत जारी छभने कतिपय प्रहरी प्रभाग एवं चौकीहरु स्थानीयले मर्मत गरिरहेका छन् । आगजनीबाट ध्वस्त जिल्ला ट्राफिक प्रहरी कार्यालयले एउटा कोठाबाट काम सुरु गरेको छ । स्थानीयको आर्थिक सहयोगमा भवन मर्मत सुरु गरिएको छ ।

चार वर्ष अगाडि व्यवसायी नवीन प्रजापतिको संयोजकत्वमा निर्माण गरिएको भवन जलाइए पछि पुनः प्रजापतिकै नेतृत्वमा सरसफाई गरी एउटा कोठाबाट सेवा सुरु गरिएको ट्राफिक प्रहरी निरीक्षक प्रदीप खत्रीले जानकारी दिनुभयो ।

सूर्यविनायक नगरपालिका–८ सिपाडोलका वडा अध्यक्ष पुष्पराज बस्नेतको नेतृत्वमा निर्माण उपभोक्ता समिति गठन गरेर वडावासीसहितले प्रहरी वृत्त जगातीको भवन चारदिनदेखि सफाई र प्लाष्टर गरिरहेका छन् ।

प्रहरी वृत्त मर्मतका लागि करिब ३५ देखि ४० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । “हामी वडावासी, व्यवसायी, नागरिक समाजबाट आर्थिक सहयोग जुटाएर प्रहरी वृत्तलाई पुरानै अवस्थामा ल्याउन जुटिरहेका छौँ, आजसम्म जलेका भाग पन्छाइयो, कालो पखालेर प्लाष्टर गर्ने, चिप्स राख्ने काम गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।

प्रहरीले यहाँको सेवा प्रहरी प्रभाग डोलेश्वरको भवनबाट दिइरहेको छ । आगजनीबाट सूर्यविनायक–७ गुण्डु प्रहरी चौकीको भवन पूर्ण रुपमा क्षतिग्रस्त भएपछि स्थानीयकै सहयोगमा पुनर्निर्माण भइरहेको वडाध्यक्ष रवीन्द्र सापकोटाले जानकारी दिनुभयो । कटुञ्जेको सामुदायिक प्रहरी कार्यालय पनि स्थानीयको सहयोगमा मर्मत भइरहेको छ ।

चाँगुनारायण नगरपालिका–८ स्थित प्रहरी चौकी सुडालको भवन आगजनीबाट पूर्ण रुपमा क्षति भएपछि वडाध्यक्ष जनक खत्रीको नेतृत्वमा स्थानीयबाट सङ्कलित रकमबाट मर्मत भइसकेको छ ।

चाँगुनारायण प्रहरी चौकीको भवन पनि स्थानीयले मर्मतसुरु गरेका छन् । वडा नं. १ सरस्वतीखेलमा रहेको प्रहरी युनिटको कार्यालय मर्मत गरी सञ्चालन गरिएको वडाध्यक्ष सिजन कार्कीले जानकारी दिनुभयो ।

मध्यपुरथिमिस्थित प्रहरी वृत्त भवन मर्मत भइरहेको छ । अभियन्ता अनिश बैद्यको नेतृत्वमा सरसफाई र मर्मत भइरहेको हो । अभियन्ता वैद्यले भन्नुभयो, “प्रहरी वृत्त थिमिको गेट नै फेरेका छौँ, अहिलेसम्म नौ लाख भन्दा बढी आर्थिक सहयोग स्थानीय नागरिक एवं दाताबाट सङ्कलन भएको छ । करिब २५ देखि ३० लाख खर्च हुने अनुमान छ ।”

स्थानीयले सानोठिमी प्रहरी प्रभागको मर्मतसँगै रङ्गरोगन गरी हस्तान्तरण गरेको छभने मनोहरा किनारमा रहेको दिश्वश्वरी प्रहरी चौकीको भवन पनि स्थानीयले मर्मत गरी हस्तान्तरण गरिएको छ ।