१३ श्रावण २०८३, बुधबार
,
Latest
सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता संवेदनशील मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न आदेश चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध फुटवेयर क्षेत्रमा सीपयुक्त जनशक्ति र रोजगारी सिर्जनाका लागि श्रममन्त्री यादवको पहल अत्यावश्यक परेमा मात्र राहदानीका लागि आवेदन दिन विभागको अनुरोध लुम्बिनी प्रदेशमा ८ मन्त्रालय कायम अमेरिका–इरानबीच पुनः शत्रुतापूर्ण गतिविधि सुरु सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै रास्वपा बैठक: बालेन शाह वरिष्ठ नेतामा मनोनीत, सचिवालयका को को ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुणस्तरहीन खाद्यान्न उत्पादन गर्ने व्यापारीविरुद्ध मुद्दा



अ+ अ-

बागमती। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले चार व्यवसायीविरुद्ध मुद्दा दायर गरेको छ ।

सो कार्यालय र मातहतका विभिन्न डिभिजन कार्यालयहरुबाट गरिएको अनुगमन तथा सङ्कलित नमूनाको परीक्षणबाट देखिएको कैफियतका आधारमा चार जना व्यवसायीविरुद्ध दायर गरिएको हो ।

कार्यालय प्रमुख बिमला पोखरेलका अनुसार आर्थिक वर्ष २०८१÷८२ मा गरिएको अनुगमन तथा सङ्कलित नमूनाको परीक्षणबाट देखिएको कैफियतका आधारमा मकवानपुरका तीन र सिन्धुलीका एक व्यवसायीविरुद्ध खाद्य स्वच्छता तथा गुणस्तर ऐनअन्तर्गत मुद्दा दायर गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरमा दुई, जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा एक र मकवानपुर जिल्ला अदालतमा एक जनाविरुद्ध मुद्दा दायर गरिएको प्रमुख पोखरेलले बताउनुभयो ।

अनुगमनका क्रममा सङ्कलन गरिएका नमूना परीक्षणका क्रममा स्वास्थ्य प्रतिकूल हुने गरी मिसावट गरेका, म्याद गुज्रेको समान बिक्री गरेका व्यवसायीविरुद्ध  मुद्दा दायर गरिएको हो ।

विभिन्न उद्योगबाट सङ्कलित दुई हजार ८२ नमूना परीक्षण गरिएको प्रमुख पोखरेलले बताउनुभयो । सो अवधिमा गरिएको अनुगमन, निरीक्षण तथा न्यायिक निकायबाट फैसला कार्यान्वयनका क्रममा उपभोग्य अवधि समाप्त भएका, लेवल विवरण नभएका, सडेगलेकालगायतका अखाद्य भएका रु नौ लाख ९५ हजार बराबरको वस्तु जफत गरी सरोकारवालाको रोहवरमा नष्ट गरिएको थियो । रासस