१९ मंसिर २०८२, शुक्रबार
,
Latest
चुरे क्षेत्रको अवैध उत्खनन रोक्न अनुगमन भदौमा त्यो स्थिति जे आयो, त्यो त न तपाईँको हातमा थियो, न हाम्रो हातमा थियो कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन स्थानियतह देखी प्रदेश तथा संघलाई कानून निर्माणका सहजीकरण गर्दे कानून समाज छ दिनमा १२ जना फरार प्रतिवादी पक्राउ सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुनःनिर्माणमा सहयोग गर्ने निजी क्षेत्रको प्रतिबद्धता



अ+ अ-

काठमाडौँ। निर्जीवन बिमा व्यवसायी सङ्घका अध्यक्ष तथा नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले राष्ट्रिय सम्पत्तिको पुनःनिर्माणमा निजी क्षेत्रको पूर्णसाथ रहने प्रतिबद्धता जनाउनुभएको छ।

आज सिंहदरबारमा अर्थमन्त्री डा रामेश्वर खनालसँग भेट गरी जेनजी प्रदर्शनका क्रममा राष्ट्रिय सम्पत्तिमा भएको क्षतिको मूल्याङ्कन गरी पुनःनिर्माणका लागि राहत कोष स्थापना गर्नुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष मल्लले भन्नुभयो, “सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालतलगायतका महत्त्वपूर्ण सरकारी संरचना पुनःनिर्माणका लागि निजी क्षेत्र र व्यक्तिगत तवरमा पनि सरकारलाई सहयोग गर्न हामी तयार छौँं, मुलुकमा सुशासन कायम गर्दै आर्थिक समृद्धि गर्न सरोकारवाला  सबै जिम्मेवार भएर लाग्न आवश्यक छ, ।”

मल्लले निजी क्षेत्र सरकारसँग सहकार्य गर्दै मुलुकलाई आर्थिक स्थिरता र दीर्घकालीन समृद्धितर्फ अघि बढाउन सधैँ तत्पर रहेको बताउनुभयो ।रासस