१३ श्रावण २०८३, बुधबार
,
Latest
सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता संवेदनशील मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न आदेश चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध फुटवेयर क्षेत्रमा सीपयुक्त जनशक्ति र रोजगारी सिर्जनाका लागि श्रममन्त्री यादवको पहल अत्यावश्यक परेमा मात्र राहदानीका लागि आवेदन दिन विभागको अनुरोध लुम्बिनी प्रदेशमा ८ मन्त्रालय कायम अमेरिका–इरानबीच पुनः शत्रुतापूर्ण गतिविधि सुरु सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै रास्वपा बैठक: बालेन शाह वरिष्ठ नेतामा मनोनीत, सचिवालयका को को ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

अवैध लागुऔषधसहित दुई भारतीय पक्राउ



अ+ अ-

काठमाडौँ। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले अवैध लागुऔषधसहित आज दुईजना भारतीय नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा भारतीय नागरिक ३९ वर्षीय पण्डरपरम्बिल खानी फैजल र २६ वर्षीय एडथुमकुनेल रहीमशेहीम रहेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आगमन एरियाको टनेल गेटबाट गाँजा जस्तो देखिने बस्तु १० किलो नौ सय १५ ग्रामसहित उनीहरूलाई आज दिउँसो पक्राउ गरिएको हो ।”

थाई एयरवेजको उडानद्वारा बैंककबाट काठमाडौँ आएका उनीहरूलाई जाँच गर्दा उनीहरूको लगेजबाट उक्त लागुऔषध फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुबै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि लागुऔषध नियन्त्रण ब्यूरो पठाइएको प्रवक्ता घिमिरेले बताउनुभयो ।रासस