६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव

मुख्यमन्त्री कार्कीद्वारा क्षतिग्रस्त कार्यालयको निरीक्षण

मुख्यमन्त्री कार्कीद्वारा क्षतिग्रस्त कार्यालयको निरीक्षण
file photo
अ+ अ-

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट क्षतिग्रस्त मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आज अनुगमन तथा निरीक्षण गर्नुभएको छ ।

अनुगमनपछि प्रदेश सरकारका सचिव तथा उच्च पदस्थ कर्मचारीहरूसँग छलफल गर्दै मुख्यमन्त्री कार्कीले प्रदेशका कार्यालयहरूमा ठूलो क्षति पुगेको बताउनुभयो । उहाँले कर्मचारीहरूलाई त्रासमुक्त भएर काममा फर्कन र दसैँअघि नै कार्यालय सञ्चालनको सम्पूर्ण व्यवस्थापन मिलाउन निर्देशन दिनुभयो ।

मुख्यमन्त्री कार्कीले घटनालाई नेपालको इतिहासमै सबैभन्दा ठूलो भौतिक क्षतिको घटना भएको स्मरण गर्दै आजैदेखि प्रदेश सरकार सञ्चालनमा आएको घोषणा गर्नुभयो । उहाँले असोज २ गते मन्त्रिपरिषद्को बैठक बसेर थप निर्णयहरू गर्ने जानकारी दिँदै घटनाका विषयमा छानबिन गरी दोषी माथि कारबाहीको माग गर्नुभयो ।

छलफलमा कोशी प्रदेशकी प्रमुखसचिव चन्द्रकला पौडेलले प्रदेशको वस्तुस्थितिको बारेमा जानकारी गराउनुभएको थियो । आन्दोलनका क्रममा कोशी प्रदेशमा भवन र सवारीसाधनतर्फ राज्यको सम्पत्तिमा ठूलो नोक्सानी भएको पाइएको हो ।

यस आन्दोलनबाट कोशी प्रदेश सरकार मातहत रहेका प्रदेशभरका ४२ वटा भवन क्षतिग्रस्त भएका छन् । जसमध्ये १८ वटा भवन पूर्ण क्षतिग्रस्त छन्भने २४ वटा भवनमा तोडफोड भई आंशिक क्षति पुगेको छ भनिएको छ ।

आन्दोलनकारीले प्रदेश सरकारको २३७ वटा सवारीसाधनमा क्षति क्षति पु¥याएको पाइएको छ । जसमा ७५ वटा चारपाङ्ग्रे सवारीसाधनमा क्षति पुगेको छ । त्यसमध्ये ६४ वटा चारपाङ्ग्रे सवारीसाधन पूर्णरूपमा क्षतिग्रस्त भएका छन्भने ११ वटामा आंशिक क्षति भएको छ ।

यसैगरी १६१ वटा मोटरसाइकलमा क्षति पुगेको छ । तीमध्ये १४४ वटा मोटरसाइकल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने १७ वटामा आंशिक क्षति पुगेको मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले जानकारी दिनुभयो ।

क्षतिको विवरण

जेनजी आन्दोलनको क्रममा मोरङमा १५५ वटा संचरना ध्वस्त भएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाको छ । कार्यालयबाट प्राप्त जानकारीअनुसार सङ्घीय कार्यालयतर्फ २१ वटा, प्रदेश कार्यालयतर्फ १४ वटा, स्थानीय (पालिका भवन) १० वटा, वडा कार्यालय ५८ वटा, निजी घर १५ वटा, संस्थान (कर्मचारी सञ्चय कोष) एक वटा, व्यापारिक भवन तीन वटा, अन्य सङ्घसंस्था चार वटा, राजनीतिक पार्टी कार्यालय आठ वटा आन्दोलनको क्रममा ध्वस्त भएको सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले जानकारी दिनुभयो ।

यस्तै, जनपथ प्रहरीका १७ वटा पोष्ट तथा कार्यालय र सशस्त्र प्रहरीका चार वटा पोष्टमा पनि क्षति भएको बताइएको छ ।रासस