२८ असार २०८३, आईतवार
,
Latest
विमानस्थलमा पत्रकार सम्मेलन गर्न लागेका दुर्गा प्रसाईंलाई प्रहरीले नियन्त्रणमा लिएर घर पुर्‍यायो सुकुम्बासीमाथि दमनको विरोधमा माइतीघरमा प्रदर्शन, देशव्यापी आन्दोलनको चेतावनी अटो उद्योग सङ्कटले जर्मनीका युवा इन्जिनियरको रोजगारी प्रभावित राजधानीको प्यास मेटाउने सुन्दरीजलमा नै खानेपानी अभाव त्रिभुवन विमानस्थलबाट दुर्गा प्रसाईं प्रहरी नियन्त्रणमा शिक्षामा लगाएको तीन प्रतिशत समता कर खारेजी गर्न चार निजी शैक्षिक संस्थाको माग मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड निजी विद्यालयको माग : ३ प्रतिशत शिक्षा सेवा शुल्क खारेज गरियोस् गणेश नेपाली प्रकरण: शव अझै टिचिङ अस्पतालमै, सहमतिको खोजीमा फेरि वार्ता हुने अमेरिका–इरान तनाव चर्कियो, दुवै पक्षबाट आक्रमण जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

विजयादशमीको उत्तम साइत सार्वजनिक



अ+ अ-

काठमाडौँ।  नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको विजयादशमीको साइत सार्वजनिक गरेको छ ।

असोज १६ गते बिहीबार बिहान ११ः५३ बजे बडादसैँको टीकाको उत्तम साइत रहेको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले राससलाई जानकारी दिए।   यस वर्षको बडादसैँ असोज ६ गतेदेखि सुरु हुँदैछ । असोज ६ गते बिहान ०९ः१३ बजे घटस्थापनाको शुभ साइत रहेको उहाँले सुनाए ।

असोज १३ गते सोमबार फूलपाती, असोज १४ गते मङ्गलबार महाअष्टमी र कालरात्रि परेको समितिले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । असोज १५ गते बुधबार महानवमी र असोज १६ गते बिहीबार विजयादशमी परेको छ ।

असोज २० गते सोमबार सबै बलि दिइसक्नुपर्ने (अखिलबलिपूर्ति) र त्यसै दिन कोजाग्रत पूर्णिमा परेको समितिका सदस्य लक्ष्मण पन्थीले जानकारी दिए ।