१३ श्रावण २०८३, बुधबार
,
Latest
सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता संवेदनशील मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न आदेश चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध फुटवेयर क्षेत्रमा सीपयुक्त जनशक्ति र रोजगारी सिर्जनाका लागि श्रममन्त्री यादवको पहल अत्यावश्यक परेमा मात्र राहदानीका लागि आवेदन दिन विभागको अनुरोध लुम्बिनी प्रदेशमा ८ मन्त्रालय कायम अमेरिका–इरानबीच पुनः शत्रुतापूर्ण गतिविधि सुरु सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै रास्वपा बैठक: बालेन शाह वरिष्ठ नेतामा मनोनीत, सचिवालयका को को ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुटिएका सामग्री फिर्ता नगरे कानुनी कारबाही गरिने



अ+ अ-

गण्डकी। ‘जेनजी’ आन्दोलनका क्रममा पोखरा महानगरपालिका र मातहतका कार्यालयबाट लुटपाट गरिएका सामग्री फिर्ता गर्न महानगरपालिकाले आग्रह गरेको छ ।

महानगरले आज सार्वजनिक सूचनामार्फत यही भदौ २४ गते आगजनी तथा तोडफोड गरी लुटिएका सवारीसाधन, टेलिभिजन, कम्प्युटर, ल्यापटप, प्रिन्टर, फर्निचरलगायत सामग्री सम्बन्धित निकाय वा नजिकको प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेको हो ।

तोडफोड, आगजनी र लुटपाटमा संलग्न व्यक्तिहरूको पहिचान गर्ने काम भइरहेको र त्यस्ता सामग्री फिर्ता नगरेमा सम्बन्धित व्यक्तिलाई प्रचलित कानुनबमोजिम अनुसन्धानको दायरामा ल्याई कारबाही प्रक्रिया अगाडि बढाइने महानगरपालिकाले जनाएको छ । रासस