२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री शाहद्वारा क्षतिग्रस्त संरचनाको अनुगमन



अ+ अ-

कैलाली। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले ‘जेनजी’ आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएका भौतिक संरचनाको अनुगमन गर्नुभएको छ ।

उहाँले आज धनगढीस्थित प्रदेश मन्त्रालय तथा विभिन्न सरकारी कार्यालयमा पुगेर क्षतिको अवस्थाबारे अस्थलगत अवलोकन गर्नुभएको हो । त्यस क्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक मामिला मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, उद्योग, वन तथा पर्यटन मन्त्रालय, सामाजिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालयलगायत विभिन्न २५ वटा सरकारी कार्यालयको अनुगमन गर्दै क्षतिबारे जानकारी लिनुभएको हो ।

मुख्यमन्त्री शाहले जनताको अत्यावश्यकीय सेवा प्रवाह हुने मन्त्रालय र कार्यालयलाई सकेसम्म चाँडै सेवा सञ्चालन गर्न निर्देशन दिनुभयो । उहाँले सामाजिक विकास मन्त्रालयबाट धेरै क्षेत्रका काम हुने भएकाले चाँडै काम सुरु गर्न मन्त्री मेघराज खड्का र कर्मचारीलाई निर्देशन दिनुभयो ।

अन्य मन्त्रालयभन्दा सामाजिक विकास मन्त्रालयमा कम क्षति भएका कारण पनि आवश्यक सामानको व्यवस्थापन गरे मन्त्रालयको कामकाज सञ्चालन गर्न सकिने अवस्था रहेको छ ।

यसैबीच तोडफोड र आगजनीबाट क्षतिग्रस्त यहाँको मालपोत कार्यालयलाई विभिन्न सहकारी संस्थाले आज संयुक्त रूपमा रु तीन लाख १५ हजार आर्थिक सहयोग हस्तान्तरण गरेका छन् । रासस