काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहलाई जवाफ फर्काएका छन् ।
हर्कले बालेनलाई लक्षित गर्दै लुकेर गेम खेल्दै स्टाटस लेख्नु सजिलो हुने बताएका हुन् ।
देशले के कति गुमायो त्यो थाहा छ ? भन्दै प्रश्न गरेर हर्कले देश रोएको बेला बालेन हाँस्दै बसेको आरोप समेत लगाएका छन् ।
यसअघि मेयर बालेनले हर्कलाई कटाक्ष गर्दै स्टाटस लेखेका थिए ।










