३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ यू–१७ च्याम्पियनसिप उद्घाटन खेलमा नेपाल विजयी



अ+ अ-

काठमाडाैँ। नेपालले यू–१७ साफ च्याम्पियनसिपको उद्घाटन खेलमा सोमबार दस खेलाडीमा सीमित श्रीलंकालाई २–० ले हराएको छ ।

सोमबार नेपालले उद्घाटन खेलमा घरेलु टोली श्रीलंकालाई २–० ले पराजित गरेको हो ।  नेपाललाई श्रीलंकाको कोलोम्बो सहरस्थित रेशकोर्स रंगशालामा जित दिलाउन समिर कुमार एक्लैले दुई गोल गरे ।

खेलको ५२औँ मिनेटमा समिरले नेपाललाई अग्रता दिलाए । खेलको इन्जुरी समयमा सविनले दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे । त्यसअघि २९औँ मिनेटमा श्रीलंकाका महोम्मद इफ्हामले रातो कार्डको दर्शन गरेपछि टोली १० खेलाडीमा सीमित भएको थियो ।

जितसँगै नेपालले पहिलाे खेलमै तीन अंक जाेडेकाे छ।